Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

तेस्रो स्थानमा उक्लियो संकटा, एपिएफ र श्रीभगवतीको दोस्रो जित


काठमाडौँ। विभागीय टोली एपिएफ फुटबल क्लव, संकटा क्लव र श्री भगवती क्लवले एन्फा यु–१६ युथ लिगमा बिहीवार जित निकालेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न पाँचौं चरणका खेलमा एपिएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लवमाथि ३–१ र संकटाले प्लानिङ ब्वाइज युनाइटेडलाई ४–१ ले हराएका हुन् । दिनको अन्तिम खेल तथा छैटौं चरणको पहिलो खेलमा श्री भगवतीले न्युरोड कर्नर टिम (एनआरटी) माथि १–० को जित साँघुरो जित निकाल्यो । श्री भगवतीको जितमा दीपेश शाहीको गोल निर्णायक बन्यो । यससँगै जारी लिगमा श्रीभगवतीको ६ खेलमा यो दोस्रो जित निकालेको छ । कुल ६ अंक बटुल्दै श्री भगवती गोलअन्तरको आधारमा एपिएफलाई पछि पार्दै नवौं स्थानमा उक्लिएको छ ।

एपिएफले पनि विभागीय डर्बीमा आर्मीविरुद्ध पुनरागमन जित निकालेको हो । पाँचौं खेलमा एपिएफले पनि दोस्रो जित आत्मसात् ग¥यो । एपिएफको समान ६ अंक भएपनि गोलअन्तरको आधारमा दशौं स्थानमा छ । आर्मीले भने चौथो हार सामना गरेको छ । आर्मी तीन अंकसहित पुछारबाट तेस्रो स्थानमा छ । आर्मीले खेलमा अग्रता लिए पनि जोगाउन नसक्दा हार व्यहोरेको हो । खेलको छैटौं मिनेटमा साहेब वाइबाको गोलबाट आर्मीले अग्रता लियो । पहिलो हाफ सकिन लाग्दासम्म एपिएफ खेलमा पछि थियो । तर पहिलो हाफको थप समयमा सुशान्त जिएमको गोलबाट एपिएफ खेलमा फर्कियो ।

दोस्रो हाफमा पनि आर्मीले दुई गोल थप्यो । ४९ औं मिनेटमा नै आदर्श मेचेले गोल गर्दै एपिएफलाई खेलमा फर्काए । त्यसको तीन मिनेटपछि नै एपिएफले तेस्रो गोल पनि ग¥यो । प्रशिस खनालको गोल गर्दै एपिएफलाई ३–१ ले अगाडि बढाए । त्यसपछि थप गोल हुन सकेन र एपिएफले विभागीय डर्बीमा सफलता पायो । दिनको दोस्रो खेलमा संकटाले प्लानिङ ब्वाइज युनाइटेडमाथि जित निकाल्दा लागि प्रजलकुमार लुम्रेले ह्याट्रिक पूरा गरे । एक गोल कुल्देव टिटुङको नाममा रह्यो । प्लानिङका लागि रविन लुङ्गेली मगरले एक गोल फर्काए । जितसँगै संकटा १२ अंक जोड्दै तेस्रो स्थानमा उक्लियो ।

प्लानिङ ब्वाइज तीन अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ । पहिलो हाफमा नै संकटाले चार गोल गरेको हो । दशौं मिनेटमा कुलदेवले गोल गर्दै संकटालाई अग्रता दिलाए । त्यसपछि दोस्रो गोल निस्कन लामो समय लाग्यो । ३३ औं मिनेटमा प्रजलको गोलबाट संकटाले अग्रता दोब्बर बनायो । प्रजलले ४० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । पहिलो हाफको थप समयमा प्रजलले गोल गर्दै ह्याट्रिक पूरा गरे । यससँगै पहिलो हाफमा संकटाले ४–० ले अगाडि रह्यो । ८४ औं मिनेटमा रबिनले गोल गर्दै प्लानिङलाई ४–१ को स्थितिमा ल्याए । तर त्यसपछि थप गोल हुन सकेन र संकटाले सहजै खेल जित्यो ।


प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?