Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

लायन्स क्लब अफ काठमाडौं ब्राईट स्टारको अध्यक्षमा ढकाल


काठमाडौँ। लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको अध्यक्षमा लायन सरोज कुमार ढकाल निर्वाचित भएका छन्।

जुलाई १ तारिखबाट सुरु भएको लायन वर्ष २०२५–२०२६ का लागि ढकाल निर्विरोध रुपमा क्लबको अध्यक्षमा चयन भएका हुन्। यसअघि उनले क्लबका विभिन्न जिम्मेवारी बहन गर्दै आएका थिए। त्यस्तै, प्रथम उपाध्यक्षमा लायन डम्बर बहादुर बिष्ट, द्वितीय उपाध्यक्षमा लायन पविता पौडेल, सचिवमा लायन कृष्ण बहादुर विश्वकर्मा र कोषाध्यक्षमा लायन काइला डंगोल निर्वाचित भएका छन्।

काठमाडौंको स्वयम्भू-१५, भगवानपाउ स्थित हेरिटेज ग्यालरी क्याफेमा सम्पन्न पदहस्तान्तरण कार्यक्रममा मानार्थ चार्टर सदस्य लायन शोभा कुमारी बाडा लगायत क्लबका अग्रज लायन लिडरहरू तथा सम्पूर्ण सदस्यहरूको उपस्थिति थियो। सो अवसरमा लायन वर्ष २०२४–२०२५ का अध्यक्ष लायन उमा चिमौरियाले नव-निर्वाचित अध्यक्ष लायन सरोज ढकाललाई औपचारिक रुपमा पद हस्तान्तरण गरेकी थिइन्।

कार्यक्रमपश्चात सम्पन्न मासिक बैठकमा क्लबले आगामी दिनहरूमा संचालन गर्ने विविध कार्यक्रमहरूबारे विस्तृत छलफल गरिएको थियो। अध्यक्ष ढकालले आफ्नो कार्यकालमा क्लबलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित सबैको साथ र सहयोगको अपेक्षा व्यक्त गरे।

यही लायन वर्षको पहिलो दिन अर्थात् जुलाई १ तारिखका दिन “Serve for Happiness” भन्ने स्लोगनलाई आत्मसात गर्दै लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टार र लियो क्लब अफ काठमाडौं ब्राइट स्टारको संयुक्त आयोजनामा बालाजु बाइसधारास्थित उद्यानको हाताभित्र वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको थियो।

उक्त कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक्ट चिफ एडभाईजर एम जे एफ लायन बलराम सुवेदी, विशेष अतिथि चिफ अफ प्रोटोकल एम जे एफ लायन माधव पाण्डे, प्रो ईन-चिफ एम जे एफ लायन गीता शर्मा चापागाईं, डिष्ट्रिक्ट चिफ लायन राम शरण ढकाल, जोन चेयर पर्सन एम जे एफ लायन रजिता खड्का, आई पि पि/डिष्ट्रिक्ट ए ओ जी लायन उमा चिमौरिया, क्लबका सम्पूर्ण सदस्यहरू तथा लियो क्लबका तर्फबाट डिष्ट्रिक्ट प्रेसिडेन्ट लियो प्रवेश कुमार कार्की, डिष्ट्रिक्ट मेम्बरसिप को-चियर पर्सन लियो निश्चल ढकाल, डिष्ट्रिक्ट चिफ रिजन कोअर्डिनेटर लियो स्नेहा ढकाल, लियो पि भि एस टि लगायत लियो परिवारका सदस्यहरूको उत्साहजनक उपस्थिति रहेको थियो।


प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?