Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

आज गुरु पूर्णिमा


काठमाडौँ। आज शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा । आजका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गरी मनाइन्छ । वेद व्यासको जन्म जयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिन्छ । साथै आज व्यास जयन्ती पनि मनाइँदै छ । आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेद व्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ ।

आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो । नेपाल वेद विद्याश्रमका प्राध्यापक केशवप्रसाद अधिकारीले आज व्यास जयन्ती रहेको र यसलाई गुरु पूर्णिमाका रुपमा लिने गरिएको बताए । ज्ञान दुई परम्पराअनुसार चल्दै आउने एउटा विन्दु परम्परा र अर्को वेद परम्परा रहेको बताए । बिन्दु परम्परा भनेको छोरा नाती हुँदै जाने र वैदिक परम्परा भनेको एउटा गुरुबाट शिष्य हुँदै अघि बढ्ने परम्परा रहेको बताएका छन् । ज्ञान नेपालमा कमजोर बनेको बताउँदै पैसाका लागि पढ्ने कुराले समाज बिग्रिरहेको बताए । शास्त्रहरुमा गुरुलाई मार्ग दर्शकको रुपमा लिइएको र गरुकै कृपाले व्यक्ति सफल हुने भएकाले गुरुलाई पूजा गर्ने गरिएको बताउछन् नेपाल वेद विद्याश्रमका बटुक अनिष त्रिपाठी । जीवनको अन्धकार हटाएर प्रकाशमय ज्वाला छर्ने व्यक्ति नै गुरु भएको बताए ।

प्रधानाध्यापक अधिकारीले संस्कृत भाषा विश्वको शिर भएको बताए । असल नागरिक उत्पादन गर्ने हो भने संस्कृत शिक्षालाई बढी महत्व दिन जरुरी रहेको बताएका छन् ।


प्रकाशित मिति: २६ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?