Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

लन्डनलाई ‘बाई-बाई’ दरबारमार्गमा सिस्नु बेचेर नाम दाम !


कुनै समय बैंकको आकर्षक जागिर र लन्डनको बसाइलाई पन्छाएर एक युवा अहिले काठमाडौँको मुटु मानिने दरबारमार्गमा बसेर सिस्नु बेचिरहेका छन् भन्दा धेरैलाई अपत्यारिलो लाग्न सक्छ। तर, नुवाकोटका युवा उद्यमी कृष्ण बहादुर स्याङ्तानले यही अपत्यारिलो कामलाई आफ्नो पहिचान बनाएका छन्। उनले कृषि कर्मलाई सम्मानको पेशा बनाउँदै धेरैका लागि प्रेरणाको स्रोत बनेका छन्।

दरबारमार्गस्थित रैथाने कृषि हाटबजारमा भेटिने कृष्ण बहादुर गर्वका साथ भन्छन्, “बैंकमा काम गर्ने र लन्डन बस्ने मान्छेले सिस्नु बेचिरहेको छ। काम सानो ठूलो हुँदैन। विदेश गएर भाँडा माझ्नु र देशमै बसेर कृषि गर्नुमा के फरक छ र? मलाई आफ्नो काममा गर्व छ।” उनको यो भनाइले विदेश पलायन हुन लामबद्ध हजारौं युवाहरूलाई एकपटक सोच्न बाध्य बनाउँछ।

कुनै बेला “गरिबको खान्की” भनेर हेला गरिने सिस्नुलाई कृष्णले काठमाडौँको सम्भ्रान्त बजारमा पुर्याएका छन्। उनको प्रयासले सिस्नुप्रतिको परम्परागत सोच बदलिँदै गएको छ। “हिजो हाम्रा बाबुबाजेले छाक टार्न खाएको सिस्नु वास्तवमा पोषण र औषधीय गुणले भरिपूर्ण रहेछ,” उनी भन्छन्, “यसले उच्च रक्तचाप, मधुमेह जस्ता रोगमा फाइदा गर्छ। गर्भवती र सुत्केरी महिलाका लागि त यो अमृत समान छ।”

आज उनकै कारण दरबारमार्गमा गाडी चढेर आउनेहरू पनि सिस्नु किन्न लाइन लाग्छन्। उनले २००० भन्दा बढी मानिसलाई सिस्नु खाने बानी बसाइसकेको दाबी गर्छन्।


प्रकाशित मिति: २२ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?