Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

लन्डनलाई ‘बाई-बाई’ दरबारमार्गमा सिस्नु बेचेर नाम दाम !


कुनै समय बैंकको आकर्षक जागिर र लन्डनको बसाइलाई पन्छाएर एक युवा अहिले काठमाडौँको मुटु मानिने दरबारमार्गमा बसेर सिस्नु बेचिरहेका छन् भन्दा धेरैलाई अपत्यारिलो लाग्न सक्छ। तर, नुवाकोटका युवा उद्यमी कृष्ण बहादुर स्याङ्तानले यही अपत्यारिलो कामलाई आफ्नो पहिचान बनाएका छन्। उनले कृषि कर्मलाई सम्मानको पेशा बनाउँदै धेरैका लागि प्रेरणाको स्रोत बनेका छन्।

दरबारमार्गस्थित रैथाने कृषि हाटबजारमा भेटिने कृष्ण बहादुर गर्वका साथ भन्छन्, “बैंकमा काम गर्ने र लन्डन बस्ने मान्छेले सिस्नु बेचिरहेको छ। काम सानो ठूलो हुँदैन। विदेश गएर भाँडा माझ्नु र देशमै बसेर कृषि गर्नुमा के फरक छ र? मलाई आफ्नो काममा गर्व छ।” उनको यो भनाइले विदेश पलायन हुन लामबद्ध हजारौं युवाहरूलाई एकपटक सोच्न बाध्य बनाउँछ।

कुनै बेला “गरिबको खान्की” भनेर हेला गरिने सिस्नुलाई कृष्णले काठमाडौँको सम्भ्रान्त बजारमा पुर्याएका छन्। उनको प्रयासले सिस्नुप्रतिको परम्परागत सोच बदलिँदै गएको छ। “हिजो हाम्रा बाबुबाजेले छाक टार्न खाएको सिस्नु वास्तवमा पोषण र औषधीय गुणले भरिपूर्ण रहेछ,” उनी भन्छन्, “यसले उच्च रक्तचाप, मधुमेह जस्ता रोगमा फाइदा गर्छ। गर्भवती र सुत्केरी महिलाका लागि त यो अमृत समान छ।”

आज उनकै कारण दरबारमार्गमा गाडी चढेर आउनेहरू पनि सिस्नु किन्न लाइन लाग्छन्। उनले २००० भन्दा बढी मानिसलाई सिस्नु खाने बानी बसाइसकेको दाबी गर्छन्।


प्रकाशित मिति: २२ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?