Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

जलश्रोतको उचित व्यवस्थापन, संरक्षण र सदुपयोग गरौँः सांसद शाक्य


काठमाडौँ। राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले जलश्रोतको उचित व्यवस्थापन, संरक्षण र सदुपयोग गर्नुपर्ने आवश्यकता रहेको बताएकी छिन् ।

बिहीवार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकमा जलश्रोत विधेयक, २०८१ माथिको छलफलका क्रममा उनले यस्तो बताएकी हुन् । उनले विधेयकले जलश्रोतको उचित व्यवस्थापन, संरक्षण र सदुपयोग गर्नेकुरामा जोड दिएको पनि बताइन । पानीको प्रयोग विभिन्न निकायहरुले आफ्नो तौरतरिकाले गरिरहेको अवस्थामा एकीकृत व्यवस्थापन विधेयकले मद्दत पुग्ने उल्लेख गरिन ।

उनले भनिन, ‘जलश्रोतको उचित व्यवस्थापन, संरक्षण र सदुपयोग गर्नुपर्नेछ । पानीको प्रयोग विभिन्न निकायहरुले आफ्नो तौरतरिकाले गरिरहेको अवस्थामा एकीकृत व्यवस्थापन विधेयकले मद्दत नै पुग्छ । जलवायु परिवर्तनका कारण पनि विभिन्न समस्याहरु आएका छन् । पानी पर्ने समय पनि फरक भएको छ । मौसम पनि हाम्रो भन्ने र आँकलन गर्नसक्ने अवस्था छैन ।’

सांसद शाक्यले बाँधको व्यवस्थापन गर्न, क्षतिपूर्तिको उचित व्यवस्थापन गर्नेकुरामा विधेयकमा जोड दिनुपर्ने बताइन ।


प्रकाशित मिति: १ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?