Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

जलश्रोत विधेयकलाई खानेपानी र हाइड्रोको क्षेत्रबाट मात्रै नहेरौँः सांसद परियार


काठमाडौँ। नेपाली काँग्रेसका सांसद पदमबहादुर परियारले जलश्रोत विधेयकलाई खानेपानी र हाइड्रोको क्षेत्रबाट मात्रै हेर्न नहुने बताएका छन् ।

बिहीवार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकमा जलश्रोत विधेयक, २०८१ माथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । उनले पानीको प्रयोग सम्बन्धमा आएको यो विधेयक महत्वपूर्ण र दूरगामी रहेको उल्लेख गरे । पानीको संरक्षण र जलश्रोतको संरक्षणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए । अबको सय वर्षपछि पानीको श्रोतको अवस्था कस्तो हुन्छ भनेर ऐन बनाउँदा सोच्न जरुरी रहेको बताएका छन् ।

उनले भने, ‘पानीको प्रयोगका सम्बन्धमा जुन यो विधेयक आएको छ । यो दूरगामी र महत्वपूर्ण प्रभाव पार्ने किसिमको छ । खानेपानी र हाइड्रोको क्षेत्रबाट मात्रै नहेरौँ । पानीको संरक्षणको कुरा छ । जलको श्रोतको संरक्षणको कुरा महत्वपूर्ण छ । यो विधेयकमा त्यसबारे राखिनुपर्छ । अबको सय वर्षपछि पानीको श्रोतको अवस्था कस्तो हुन्छ भनेर ऐन बनाउँदा सोच्नुपर्छ ।’

सांसद परियारले सबै समुदाय र सबै पक्षलाई समेटेर पूर्वसूचना प्रणालीको विकास गर्न जरुरी रहेको बताए ।


प्रकाशित मिति: १ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?