Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

जलश्रोत विधेयकलाई खानेपानी र हाइड्रोको क्षेत्रबाट मात्रै नहेरौँः सांसद परियार


काठमाडौँ। नेपाली काँग्रेसका सांसद पदमबहादुर परियारले जलश्रोत विधेयकलाई खानेपानी र हाइड्रोको क्षेत्रबाट मात्रै हेर्न नहुने बताएका छन् ।

बिहीवार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकमा जलश्रोत विधेयक, २०८१ माथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । उनले पानीको प्रयोग सम्बन्धमा आएको यो विधेयक महत्वपूर्ण र दूरगामी रहेको उल्लेख गरे । पानीको संरक्षण र जलश्रोतको संरक्षणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए । अबको सय वर्षपछि पानीको श्रोतको अवस्था कस्तो हुन्छ भनेर ऐन बनाउँदा सोच्न जरुरी रहेको बताएका छन् ।

उनले भने, ‘पानीको प्रयोगका सम्बन्धमा जुन यो विधेयक आएको छ । यो दूरगामी र महत्वपूर्ण प्रभाव पार्ने किसिमको छ । खानेपानी र हाइड्रोको क्षेत्रबाट मात्रै नहेरौँ । पानीको संरक्षणको कुरा छ । जलको श्रोतको संरक्षणको कुरा महत्वपूर्ण छ । यो विधेयकमा त्यसबारे राखिनुपर्छ । अबको सय वर्षपछि पानीको श्रोतको अवस्था कस्तो हुन्छ भनेर ऐन बनाउँदा सोच्नुपर्छ ।’

सांसद परियारले सबै समुदाय र सबै पक्षलाई समेटेर पूर्वसूचना प्रणालीको विकास गर्न जरुरी रहेको बताए ।


प्रकाशित मिति: १ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?