एजेन्सी। भारतीय अदालतले चरम मौसमी समस्या र गर्मीका कारण यो हप्ता सयौं मानिसहरूको मृत्यु भएको उल्लेख गर्दै गर्मीका कारण देशका विभिन्न भागमा देखिएको उष्ण लहरको समस्यालाई राष्ट्रिय सङ्कटकाल घोषणा गर्न सरकारलाई आग्रह गरेको छ । भारतका थुप्रै सहरहरूमा ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम र उष्ण लहरको समस्या देखिएको छ ।
एजेन्सी। इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । आइतबार हेलिकप्टर दुर्घटनामा परेका उनको अवस्था अज्ञात थियो । हेलिकोप्टर अजरबैजान सीमा नजिकै पहाडी इलाकामा पहाडको चुचुरोमा ठोकिएर पूर्ण रुपमा जलेको अबस्थामा भेटिएको छ । दुर्घटनामा राष्ट्रपति रायसी, परराष्ट्र मन्त्री र हेलिकप्टरमा सवार सबै
एजेन्सी।अफगानिस्तानको उत्तरी फरयाव र पश्चिमी घोर प्रान्तमा शुक्रबार र शनिबार भएको भारी वर्षापछि आएको बाढीका कारण कम्तिमा १२० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । फरयाब प्रान्तमा शनिबार राति मात्र बाढीका कारण कम्तीमा ४७ जनाको मृत्यु भएको संस्कृति तथा सूचना विभागका प्रान्तीय निर्देशक सम्सुद्दिन मोहम्मदीले बताउनुभएको छ ।फरयाब प्रान्तका
काठमाडौँ। सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा सरकारले त्यस्तो आग्रह गरेको हो । पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन् । उक्त राजदूतावासले शनिबार एक सूचना जारी गरी “किर्गीस्तानको बिस्केकमा
काठमाडाैं । संयुक्त राज्य अमेरिका र ठूला उदीयमान अर्थव्यवस्थाहरूको बलियो प्रदर्शनका कारण विश्वव्यापी आर्थिक सम्भावनाहरू सुधार भएका छन् । यद्यपि कमजोरीहरू बाँकी रहेको संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनमा उल्लेख छ । सन् २०२४ जनवरीको विश्व आर्थिक अवस्था र सम्भावनाहरूको प्रतिवेदनको मध्यावधिको अद्यावधिकअनुसार विश्व अर्थतन्त्र सन् २०२४ मा दुई दशमलव सात प्रतिशत
काठमाडौं । पहिलो चरणमा सफलतापूर्वक चिप प्रत्यारोपण गरिसकेपछि न्युरालिङ्कले चिप लगाउन चाहने दोस्रो व्यक्तिको खोजी सुरु गरेको छ । शुक्रबार सामाजिक सञ्जाल एक्समा पोस्ट राख्दै न्युरालिङ्कका मालिक एलन मस्कले दोस्रो सहभागीका लागि आवेदन खुलाएको जानकारी दिएका हुन् । “दोस्रो सहभागीका लागि न्युरालिङ्क आवेदन स्वीकार गरिरहेको छ,” एक्समा पोस्ट राख्दै मस्कले
क्यानबेरा। फुटबल अस्ट्रेलिया (एफए) ले सन् २०२६ को एसियाली फुटबल कन्फेडेरेसन (एएफसी) महिला एसियाली कपको आयोजना गर्ने अधिकार पाएकामा खुसीयाली मनाएको छ । एएफसी कार्यकारी समितिले बुधबार अस्ट्रेलियाले २०२६ को प्रतियोगिता आयोजना गर्ने एएफसी महिला फुटबल समितिको सिफारिसलाई आधिकारिक रूपमा अनुमोदन गरेको छ । अस्ट्रेलिया र न्युजिल्यान्डमा भएको २०२३ फिफा
एजेन्सी। एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार भारतको सिक्किममा विद्युत् वितरण प्रणालीलाई बढावा दिन र विद्युत् आपूर्तिको लचिलोपन बढाउन १४ करोड ८५ लाख अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । परियोजनाले विद्यमान २६ वटा विद्युत् सवस्टेसनलाई अपग्रेड गर्दै करिब सात सय ७० किलोमिटर जलवायु–लचिलो कन्डक्टर स्थापना गरेर सिक्किमको विद्युत् वितरण प्रणालीलाई
नयाँदिल्ली। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै प्रधानमन्त्री फिकोको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । “स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहारको खबरले गहिरो आघात लाग्यो । म यो कायरतापूर्ण कार्यको कडा निन्दा गर्दछु र प्रधानमन्त्री फिकोको शीघ्र स्वास्थ्यलाभको
लन्डन। बिहीबार प्रकाशित हुने नयाँ सरकारी प्रस्तावअनुसार इङ्गल्यान्डका विद्यालयहरूमा नौ वर्षभन्दा कम उमेरका बालबालिकालाई यौन शिक्षा र लिङ्ग पहिचान शिक्षामाथि प्रतिबन्ध लगाइने भएको छ । यसले प्राथमिक उमेरका स्कुले बालबालिकाका लागि पाठको विषयवस्तुमा चिन्ता दर्शाएको शिक्षा मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । “आफ्ना बालबालिकालाई विद्यालय पठाउँदा उनीहरूलाई सुरक्षित राखिन्छ र बालबालिकाको