Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

इजरायली सेनाद्वारा वेस्ट बैंकमा प्यालेस्टिनीको हत्या


एजेन्सी। प्यालेस्टिनी अधिकारीकाअनुसार उत्तरी वेस्ट बैंकको पुरानो शहर नाब्लसमा इजरायली सेनाले आक्रमण गर्दा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

नाब्लसका गभर्नर घासन दाघलासले बताएअनुसार इजरायली सेनाले शहरमा दुई युवाहरूलाई गोली हानेर हिरासतमा लिएको छ । तीमध्ये एकको पछि मृत्यु भएको पुष्टि भएको छ भने अर्काको अवस्था अज्ञात छ ।

प्यालेस्टिनी सुरक्षा स्रोतहरूकाअनुसार इजरायली सेनाले मंगलवार नाब्लसमा धेरै घण्टासम्म ठूलो मात्रामा सैन्य कारबाही गरेको थियो । दाघलासले इजरायली सेनाले पुरानो शहरका छिमेकीहरूमा छापा मारेको, सयौं घरहरूमा तोडफोड गरेको र सम्पती नष्ट गरेको उल्लेख गरे ।


प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?