Trending
>>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

पेन्टागनद्वारा बाइडेन युगको एयुकेयुएस सुरक्षा सम्झौताको समीक्षा


एजेन्सी। पेन्टागनले बुधवार औपचारिक रूपमा एयुकेयुएस सुरक्षा सम्झौताको समीक्षा शुरु गरेको पुष्टि गरेको छ ।

यो सम्झौता सन् २०२१ मा जो बाइडेन प्रशासनले बेलायत र अष्ट्रेलियासँग गरेको थियो । रक्षा सचिव पिट हेज्सेथले यसको अर्थ आफ्ना सैनिक सदस्यहरूको उच्चतम तयारी सुनिश्चित गर्नु, सहयोगी राष्ट्रहरूले सामूहिक रक्षाको लागि पूर्ण रूपमा आफ्नो भुमिका निर्वाह गर्नु र रक्षा औद्योगिक आधारले आवश्यकताहरू पूरा गर्नु रहेको बताए ।

सन् २०२१ को सेप्टेम्बरमा घोषणा गरिएको त्रिपक्षीय एयुकेयुएस गठबन्धनअन्तर्गत अष्ट्रेलियाले संयुक्त राज्य अमेरिका र बेलायतले प्रदान गरेको प्रविधिको प्रयोग गरी आणविक शक्ति चालित पनडुब्बीहरू निर्माण गर्न सक्नेछ ।

एयुकेयुएस सम्झौतामा संयुक्त राज्य अमेरिका र बेलायत, दुई आणविक हतियार भएका राष्ट्रहरूबाट, गैर आणविक हतियार भएको राष्ट्र अष्ट्रेलियालाई चार टनसम्म हतियार–ग्रेड उच्च समृद्ध युरेनियम हस्तान्तरण गर्ने समावेश छ ।


प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?