Trending
>>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

१२ वर्षपछि सिरियन एयरद्वारा इस्तानबुलमा पुनः उडान शुरु


एजेन्सी। राष्ट्रिय ध्वजावाहक सिरियन एयरले १२ वर्षको निलम्वनपछि टर्किएको उडान पुनः शुरु गरेको इस्तानबुल विमानस्थलको प्रेस कार्यालयले बुधवार जनाएको छ ।

एक समारोहका साथ स्वागत गर्दै दमास्कस अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो उडान मंगलवार साँझ इस्तानबुल विमानस्थलमा अवतरण गर्यो ।

दमास्कस र इस्तानबुल बीचको उड्डयन सेवा हप्ताको पाँच दिन सञ्चालन हुनेछ ।

समारोहमा बोल्दै इस्तानबुल विमानस्थलका वाणिज्य निर्देशक फिरात ओकाकले उडान नयाँ मार्गको सुरुवात मात्र नभइ पुनस्र्थापित सम्बन्ध, बढ्दो साझेदारी र साझा अवसरहरूको प्रतिक रहेको बताए ।

यस वर्ष इस्तानबुल विमानस्थलसँग छैटौं नयाँ एयरलाइन साझेदारको रूपमा सिरियन एयर थपिएपछि क्षेत्रीय सम्पर्कलाई बढावा मिल्नेछ । सिरियामा गृहयुद्धका कारण कम्पनीले दमास्कस र इस्तानबुल बीचको सञ्चालन लगभग १२ वर्षदेखि निलम्वन गरेको छ ।


प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?