Trending
>>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

१२ वर्षपछि सिरियन एयरद्वारा इस्तानबुलमा पुनः उडान शुरु


एजेन्सी। राष्ट्रिय ध्वजावाहक सिरियन एयरले १२ वर्षको निलम्वनपछि टर्किएको उडान पुनः शुरु गरेको इस्तानबुल विमानस्थलको प्रेस कार्यालयले बुधवार जनाएको छ ।

एक समारोहका साथ स्वागत गर्दै दमास्कस अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो उडान मंगलवार साँझ इस्तानबुल विमानस्थलमा अवतरण गर्यो ।

दमास्कस र इस्तानबुल बीचको उड्डयन सेवा हप्ताको पाँच दिन सञ्चालन हुनेछ ।

समारोहमा बोल्दै इस्तानबुल विमानस्थलका वाणिज्य निर्देशक फिरात ओकाकले उडान नयाँ मार्गको सुरुवात मात्र नभइ पुनस्र्थापित सम्बन्ध, बढ्दो साझेदारी र साझा अवसरहरूको प्रतिक रहेको बताए ।

यस वर्ष इस्तानबुल विमानस्थलसँग छैटौं नयाँ एयरलाइन साझेदारको रूपमा सिरियन एयर थपिएपछि क्षेत्रीय सम्पर्कलाई बढावा मिल्नेछ । सिरियामा गृहयुद्धका कारण कम्पनीले दमास्कस र इस्तानबुल बीचको सञ्चालन लगभग १२ वर्षदेखि निलम्वन गरेको छ ।


प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?