Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

अस्ट्रियाको विद्यालयमा गोलीबारीबाट १० जनाको मृत्यु


एजेन्सी। अस्ट्रियाको दोस्रो ठूलो शहर ग्राजको स्कुलमा गोलीबारी हुँदा कम्तिमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै यस घटनामा विद्यार्थी र शिक्षकहरूसहित गम्भीर घाइते हुनेको संख्या धेरै रहेको बताइएको छ ।

मंगलवार बिहान करिव १० बजे लेन्ड जिल्लाको ड्रेयरस्चुत्जेङ्गासेको बोर्ग स्कुलमा गोली चलेको थियो । प्रहरीले संदिग्ध अपराधी २२ वर्षीय बन्दुकधारीलाई पक्राउ गरेको छ । जो पहिला सोही विद्यालयका विद्यार्थी थिए । उनले आफैँलाई पनि गोली हानेको बताइएको छ ।


प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?