Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ५५ हजार नाघ्यो


एजेन्सी। गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ५५ हजार नाघेको छ । गाजाका स्वास्थ्य अधिकारीहरूले बुधवार एक विज्ञप्तिमा यसबारे जानकारी दिएका हुन् ।

विगत २४ घण्टामा इजरायली सेनाले १ सय २० जनाको हत्या गरेको छ । ४ सय ७४ जना घाइते भएका छन् । जसबाट अक्टोबर २०२३ को सुरुमा हमास इजरायल द्वन्द्व शुरु भएदेखि कुल मृत्यु हुनेको संख्या ५५ हजार १ सय ४ र घाइते हुनेको संख्या १ लाख २७ हजार ३ सय ९४ पुगेको छ ।

इजरायल र हमासले जनवरी २०२५ मा इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका थिए । यद्यपि दुई महिना पछि इजरायलले दोस्रो चरणको आक्रमण गर्यो ।


प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?