Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ५५ हजार नाघ्यो


एजेन्सी। गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ५५ हजार नाघेको छ । गाजाका स्वास्थ्य अधिकारीहरूले बुधवार एक विज्ञप्तिमा यसबारे जानकारी दिएका हुन् ।

विगत २४ घण्टामा इजरायली सेनाले १ सय २० जनाको हत्या गरेको छ । ४ सय ७४ जना घाइते भएका छन् । जसबाट अक्टोबर २०२३ को सुरुमा हमास इजरायल द्वन्द्व शुरु भएदेखि कुल मृत्यु हुनेको संख्या ५५ हजार १ सय ४ र घाइते हुनेको संख्या १ लाख २७ हजार ३ सय ९४ पुगेको छ ।

इजरायल र हमासले जनवरी २०२५ मा इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका थिए । यद्यपि दुई महिना पछि इजरायलले दोस्रो चरणको आक्रमण गर्यो ।


प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?