काठमाडौं । सरकारले हालै सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना–२०८३’ लाई सार्थकता दिने दिशामा पहिलो कदमका रूपमा सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर घटाउने निर्णय गरेको छ।
मन्त्रिपरिषद्ले अल्पकालीन लगानीका लागि ५ प्रतिशत र दीर्घकालीन लगानीका लागि ३.५ प्रतिशत पुँजीगत लाभकर कायम गर्ने निर्णय गरेको हो। यसअघि दीर्घकालीन लगानीमा ७.५ प्रतिशत र अल्पकालीन लगानीमा १० प्रतिशत कर लाग्दै आएको थियो।
कार्ययोजना सार्वजनिक भएको छोटो समयमै सरकारले करसम्बन्धी महत्वपूर्ण निर्णय अघि बढाएपछि पुँजी बजार सुधारप्रति सरकारको प्रतिबद्धता व्यवहारमै देखिन थालेको संकेत मिलेको छ। करको भार घट्दा लगानीकर्ताको मनोबल बढ्ने, दीर्घकालीन लगानीलाई प्रोत्साहन मिल्ने र सुस्ताएको बजारमा नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: ३१ भाद्र २०८३, बुधबार