Trending
>>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय


पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय

काठमाडौं । सरकारले हालै सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना–२०८३’ लाई सार्थकता दिने दिशामा पहिलो कदमका रूपमा सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर घटाउने निर्णय गरेको छ।

मन्त्रिपरिषद्ले अल्पकालीन लगानीका लागि ५ प्रतिशत र दीर्घकालीन लगानीका लागि ३.५ प्रतिशत पुँजीगत लाभकर कायम गर्ने निर्णय गरेको हो। यसअघि दीर्घकालीन लगानीमा ७.५ प्रतिशत र अल्पकालीन लगानीमा १० प्रतिशत कर लाग्दै आएको थियो।

कार्ययोजना सार्वजनिक भएको छोटो समयमै सरकारले करसम्बन्धी महत्वपूर्ण निर्णय अघि बढाएपछि पुँजी बजार सुधारप्रति सरकारको प्रतिबद्धता व्यवहारमै देखिन थालेको संकेत मिलेको छ। करको भार घट्दा लगानीकर्ताको मनोबल बढ्ने, दीर्घकालीन लगानीलाई प्रोत्साहन मिल्ने र सुस्ताएको बजारमा नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको छ।


प्रकाशित मिति: ३१ भाद्र २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?