Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण


काठमाडौँ। काठमाडौं उपत्यकाबाट विभिन्न मितिमा हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले मंगलवार सम्बन्धित धनीलाई बुझाएको छ । मंगलवार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लले ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो । सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गर्दै उनले अगामी दिनमा आफ्नो सवारी साधनमा सम्भव भएसम्म जिपिएस प्रणाली जडान गर्न आग्रह गरेका छन् । उनले जिपिएस प्रणाली जडान गरिएको खण्डमा बाइक ट्र्याक गरी खोजी गर्न सहज हुने उनको भनाइ छ । उनले भने, ‘अस्ति २८ भदौ राति करिव १ बजे एउटा बाइक हराएको थियो । हामीले त्यो बाइक केही घण्टामै खोजर ल्याउन सफल भएका छौँ । चोरलाई पनि सँगै समातेका छौँ । उहाँले त्यो बाइकमा एउटा सानो जिपिएस राखिदिनुभएको हुनाले त्यो बाइक खोज्न सहज भएको हो । त्यसकारण मेरो आग्रह के हो भने सकेसम्म आफ्नो बाइकमा सानो जिपिएस अथवा सुरक्षाका अरु उपाय समेत छन् । त्यसो गरिदिनुभयो भने यदि हराइहाल्यो भनेपनि खोज्न सजिलो हुन्छ । अगामी दिनमा बाइक पार्किङ गर्दा थोरै सजिलो ठाउँमा पार्किङ गरिदिनु होला ।’ प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले सुरक्षित स्थानमा बाइक पार्क गर्न पनि सबैमा आग्रह गरेका छन् ।

काठमाडौँ। काठमाडौं उपत्यकाबाट विभिन्न मितिमा हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले मंगलवार सम्बन्धित धनीलाई बुझाएको छ ।

मंगलवार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लले ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो । सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गर्दै उनले अगामी दिनमा आफ्नो सवारी साधनमा सम्भव भएसम्म जिपिएस प्रणाली जडान गर्न आग्रह गरेका छन् । उनले जिपिएस प्रणाली जडान गरिएको खण्डमा बाइक ट्र्याक गरी खोजी गर्न सहज हुने उनको भनाइ छ ।

उनले भने, ‘अस्ति २८ भदौ राति करिव १ बजे एउटा बाइक हराएको थियो । हामीले त्यो बाइक केही घण्टामै खोजर ल्याउन सफल भएका छौँ । चोरलाई पनि सँगै समातेका छौँ । उहाँले त्यो बाइकमा एउटा सानो जिपिएस राखिदिनुभएको हुनाले त्यो बाइक खोज्न सहज भएको हो । त्यसकारण मेरो आग्रह के हो भने सकेसम्म आफ्नो बाइकमा सानो जिपिएस अथवा सुरक्षाका अरु उपाय समेत छन् । त्यसो गरिदिनुभयो भने यदि हराइहाल्यो भनेपनि खोज्न सजिलो हुन्छ । अगामी दिनमा बाइक पार्किङ गर्दा थोरै सजिलो ठाउँमा पार्किङ गरिदिनु होला ।’

प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले सुरक्षित स्थानमा बाइक पार्क गर्न पनि सबैमा आग्रह गरेका छन् ।


प्रकाशित मिति: ३० भाद्र २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?