Trending
>>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्:गगन थापा


काँग्रेस सभापति गगन थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्

काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र साहले संसद र संसदीय समितिलाई महत्व नदिएको आरोप लगाएका छन् ।

सिंहदरबारमा भएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दे उनले प्रधानमन्त्री साहले संसदलाई बेस्वास्ता गर्दै आएको बताएका हुन् । प्रधानमन्त्रीले संसदको संस्थागत भूमिका र संसदीय समितिको मर्यादालाई पर्याप्त महत्व दिनुपर्ने उनले बताए । प्रमुख प्रतिपक्षी दलका नेता संसदमा बोल्दा समेत प्रधानमन्त्रीको उपस्थित नरहने गरेको उल्लेख गर्दै उहाँले सरकारको नेतृत्वबाट संसदलाई बेवास्ता गर्ने अवस्था बन्न नहुनेमा जोड दिएका छन् । उनले रसुवा बाढीपछिको विपद् व्यवस्थापनमा उच्चस्तरीय संसदीय समिति बनाउने सर्वदलिय निर्णयलाई प्रधानमन्त्रीले स्वीकार नगरेमा समस्या हुने बताएका छन् । यस विषयमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेलाई ध्यानाकर्षण गराएको उनको भनाई छ । संसदीय समितिलाई महत्वपूर्ण जिम्मेवारी दिइएपनि प्रधानमन्त्री स्वयंले समितिको काम र मर्यादालाई सम्मान नगर्ने अवस्था आएमा त्यसले समस्या निम्त्याउने उनले बताए । उनले कांग्रेसले सरकारलाई सहयोग गरिरहेको उल्लेख गर्दै संसदीय समितिमा बसेर काम गर्ने बताएका छन् । समितिले तयार पार्ने प्रतिवेदनलाई सरकारले ग्रहण गर्नुपर्ने उनको भनाई छ ।

उनले भने, ‘संसदप्रतिको प्रधानमन्त्रीजीको जुन खालको रवैया देखिन्छ । सकेसम्म संसदलाई पूर्ण रूपमा व्यवस्था गर्ने, संसदभित्र आजसम्म प्रमुख प्रतिपक्षी दलको नेताले बोलेको बेलामा उहाँको उपस्थित छ भन्ने लाग्दैन । संसदलाई नै भाउ नदिने खालको रवैया रहेको हुनाले गर्दा यत्रो संसदीय समिति हामीले बनाउने भन्यौँ, यत्रो जिम्मेवारी पनि दिएका छौँ तर प्रधानमन्त्रीजीले नै यो संसदीय समितिलाई, यसको मान राख्नुभएन, त्यसको मर्यादा राख्नुभएन । अब यसरी नै हेपिराख्नुभयो, यसरी नै व्यवस्था गर्नुभयो भने त्यो बेलामा चाहिँ के गर्ने हो त ? त्यसैले रास्वपा सभापतिजीलाई बैठक राखेकोलाई धन्यवाद पनि भनेका छौँ, तर सँगसँगै तपाईंकै दलको सरकार भएको, तपाईंकै दलको नेता प्रधानमन्त्री हुनुभएको हुनाले गर्दा यो कुराको नि हेक्का राख्नुहोला । भोलि यत्रो संसदीय समिति बनाइयो, काम पनि गरियो । हामी त अनकन्डिसनल सरकारलाई सपोर्ट गरिरहेका छौँ, संसदीय समितिमा बसेर काम पनि गर्छौँ । अनि त्यो संसदीय समितिले रिपोर्ट पनि तयार गर्ला, अनि त्यो रिपोर्ट बुझ्ने वा त्यो रिपोर्टलाई ग्रहण गर्ने वा त्यो रिपोर्टको आधारमा काम गर्ने कुराको सन्दर्भमा चाहिँ सामान्य छलफलमा पनि प्रधानमन्त्रीको रुचि नराख्नुहोला । यो सन्दर्भमा अहिलेदेखि हेक्का ख्याल पुगोस् ।’

उनले संसदीय समिति गठन गर्दा त्यसको कार्यक्षेत्र, जिम्मेवारी र आगामी कामबारे प्रधानमन्त्रीसँग शुरुदेखि नै संवाद गर्न रास्वपा सभापतिलाई सुझाव दिएको बताएका छन् । यसो गर्दा समितिले तयार गर्ने प्रतिवेदन कार्यान्वयनका क्रममा सरकार र संसदबीच असमझदारी नहुने उनको भनाइ छ । संसदीय समिति गठनको विषयमा दलहरूबीच सहकार्य जारी रहने उनले बताए । एक साताभित्र संसदीय समिति गठनका लागि सभामुखलाई औपचारिक रूपमा आग्रह गर्ने विषयमा बैठकमा समझदारी भएको उनले जानकारी दिएका छन् ।


प्रकाशित मिति: १ आश्विन २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?