Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

स्वाश्थ्य


विमान दुर्घटनाः ३२ जनाको शव निकालियो

पोखरामा आज विहान भएको विमान दुर्घटनाको उद्धार गर्ने क्रममा ३२ जना यात्रुको शव निकालिएको छ । सेती नदीको खोँचमा दुर्घटना भएकाले उद्धार कार्य जटिल भएको सम्बन्धित अधिकारीले जनाएका छन् । उद्धारका लागि सुरक्षाकर्मीहरू परिचालन भइरहेको र विमानमा लागेको आगो पनि निभाउने काम भइरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले

रगत खोज्न ‘केएसडी ब्लड एप’

के तपाईँलाई रगत चाहिएको छ ? रगत नपाएर तनावमा हुनुहुन्छ ? अब चिन्ता नगर्नुस् । अब तपाईँको चिन्ता मेट्न र समस्याको समाधान गर्न कर्णाली स्वयंसेवक दल (केएसडी) सारथी बन्ने भएको छ । रगत अभावमा ठूलो समस्या झेल्दै आएका सुर्खेतवासीका निम्ति स्वयंसेवक दल सुर्खेतले ‘केएसडी ब्लड एप’ सञ्चालनमा ल्याएको छ ।

उपमहासचिव पुन अस्पताल भर्ना

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ । माघी पर्वका लागि गृहजिल्ला रोल्पा पग्नुभएका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना हुनुभएको हो । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपश्चात् जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन उपमहासचिव पुन

कान्तिमा इन्डोस्कोपी सेवा पुनः सञ्चालन

कान्ति बाल अस्पतालले पुनः इन्डोस्कोपी सेवा सुरु गरेको छ । दुई वर्षदेखि जनशक्ति अभावले बन्द उक्त सेवा पुनः प्रदान गर्न थालिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा युवानिधि बसौलाले एक महिनादेखि इन्डोस्कोपी सेवा प्रदान गर्न थालिएको जानकारी दिनुभयो । इन्डोस्कोपी मुखदेखि पेटसम्म समस्या पहिचान गर्नका लागि गरिन्छ । सरकारी अस्पताल

गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा

तनहुँको भानु नगरपालिकाले गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा उपलब्ध गराउने भएको छ । गर्भवतीले प्रत्येक महिना गर्ने भिडियो एक्सरे सेवा अब निःशुल्क हुने नगरपालिकाले जनाएको छ । गर्भवती र गर्भमा रहेको शिशुको अवस्था थाहा पाउन भिडियो एक्सरे सेवा प्रदान गर्न लागिएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी

त्रिशूली अस्पताल उत्कृष्ट

न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा त्रिशूली अस्पताल नुवाकोट ९६ प्रतिशत अङ्कसहित देशभरको उत्कृष्ट अस्पताल घोषित भएको छ । आर्थिक वर्ष २०७९÷०८० मा नेपाल सरकारको ‘अस्पतालको गुणस्तर सुधारको लागि न्यूनतम सेवा मापदण्ड’को शुक्रबार गरिएको अनुगमनको आधारमा उत्कृष्ट अस्पताल भएको त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट निःशुल्क सेवा प्रदान गरिँदै

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट लक्षित बिरामीले निःशुल्क उपचार पाउने गरेका छन् । प्रतिष्ठानका स्रोत व्यक्ति दीपक केसीका अनुसार चालु आर्थिक वर्षको छ महिनामा आठ सय ७४ बिरामीले त्यस्तो सेवा लिएका छन् । उहाँका अनुसार सामाजिक सेवा एकाइबाट गरिब एक सय २४, अपाङ्ग २१, असहाय आठ, महिला स्वास्थ्य स्वयंसेविका

गर्भवती र विपन्नलाई निःशुल्क एम्बुलेन्स सेवा

पर्वतको मोदी गाउँपालिकाले पहिलोपटक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । पालिकाभर अहिलेसम्म एम्बुलेन्स नहुँदा स्थानीय गर्भवती, बिरामी, घाइते तथा अपाङ्गता भएकालाई अस्पतालसम्म पुर्याउन कठिनाइ हुँदै आएको थियो । गाउँपालिकाको चालु आर्थिक वर्षको योजनाअन्तर्गत एम्बुलेन्स खरिद गरिएको गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले जानकारी दिनुभयो । सुत्केरी, विपन्न, अपाङ्गता भएका बिरामीलगायतलाई अस्पताल पुर्याउन

खार्पुनाथलाई स्वास्थ्य सामग्री सहयोग

हुम्लाको खार्पुनाथ गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । स्वास्थ्य विभागले रु १५ लाख ६५ हजार ९६ बराबरको स्वास्थ्य सामग्री स्वास्थ्य सेवा कार्यालय हुम्लामार्फत खार्पुनाथ गाउँपालिकालाई हस्तान्तरण गरेको हो । जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दीपक भण्डारीले भिडियो एक्सरे, स्वाव परीक्षण मेसिन, प्रिन्ट मेसिनलगायतका सामग्री स्वास्थ्य सो गाउँपालिकाका शाखा प्रमुख

तनहुँमा ४२ हजार घरधुरी स्वास्थ्य बीमामा

तनहुँका ४२ हजार सात सय ५५ घरधुरी स्वास्थ्य बीमामा आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्डको जिल्ला कार्यालयका अनुसार ती घरधुरीका एक लाख सात हजार सात सय २५ स्वास्थ्य बीमाबाट लाभान्वित भएका छन् । सरकारले नागरिकको स्वास्थ्य उपचारको व्यवस्था गर्न स्वास्थ्य बीमा बोर्डको गठन गरेको थियो । उक्त बोर्डमार्फत् घर

सम्वन्धित समाचारहरु