Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

मनाङ अस्पतालमै छैन एम्बुलेन्स


जिल्ला अस्पताल मनाङमा एम्बुलेन्स नभएपछि बिरामीलाई समस्या भएको छ । एम्बुलेन्स अभावका कारण बिरामी समयमै स्वास्थ्य उपचार पाउनबाट वञ्चित हुँदैआएका छन् । एम्बुलेन्स अभावका कारण बिरामी उपचारका लागि अन्य सवारी साधनमा कष्टकर यात्रा गर्न बाध्य छन् । पर्यटकीय क्षेत्र मनाङमा आएका बाह्य तथा आन्तरिक पर्यटकलाई पनि बिरामी पर्दा स्वास्थ्य संस्था जान समस्या भइरहेको छ । पर्यटक तथा स्थानीयलाई अस्पतालसम्म पु¥याउन एम्बुलेन्सको एकदमै खाँचो रहेको जिल्ला अस्पतालका प्रमुख डा रहमद अन्सारीले बताउनुभयो ।

“अस्पतालसित एम्बुलेन्स छैन, गम्भीर प्रकृतिका बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्था भएमा एम्बुलेन्स खोज्दाखोज्दै बिरामीको ज्यान जाने हो कि भन्ने त्रास हुन्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार गाउँपालिकामा भएका एम्बुलेन्स बिग्रिएर थन्किएका छन् । जिल्ला रेडक्रस सोसाइटीसित भएको एम्बुलेन्स मनाङ ङिस्याङ गाउँपालिकामा बिग्रिएर थन्किएको छ । सदरमुकाम चामे गाउँपालिकाको एम्बुलेन्स पनि बिग्रिएको छ । “अस्पतालसित आफ्नै एम्बुलेन्स एकदमै आवश्यक छ”, डा अन्सारीले भन्नुभयो । एम्बुलेन्सका लागि रेडक्रसको भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्न अस्पतालले स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई गुहार्दै आएको छ । प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले पटक–पटकको बैठकमा एम्बुलेन्सको आवश्यकताबारे छलफल गरी सम्बन्धित निकायसँग माग गर्दैआएको बताउनुभयो । “स्थानीयलाई सहज स्वास्थ्य उपचार प्रदान गर्ने उद्देश्यले एम्बुलेन्स सेवा उपलब्ध गराउन प्रतिवद्ध भइ सम्बन्धित निकायसँग समन्वय गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

एम्बुलेन्स अभाव हुँदा गत वर्ष बिरामी हुँदा हेलिकप्टर चार्टड गरेर पोखरा गएको स्थानीय कर्मछिरिङ गुरुङले बताउनुभयो । सरकारले एम्बुलेन्स सेवा उपलब्ध गराएको अवस्थामा नागरिकले सास्ती भोग्नु नपर्ने उहाँको भनाइ छ । मनाङमा कोही गम्भीर बिरामी भएमा अस्पताल पु¥याउन हेलिकप्टरको भर पर्नुपर्ने हुन्छ । तर यहाँको मौसम अधिकांश समय प्रतिकूल रहने हुँदा सडककै भर पर्नुपर्ने स्थानीयवासी बताउँछन् ।


प्रकाशित मिति: १४ माघ २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?