Trending
>>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

नदी किनारमै सडक बनाउने सोच पुनरावलोकन गर्न आवश्यकः प्रमुख आचार्य


नदी किनारमै सडक बनाउने सोच पुनरावलोकन गर्न आवश्यकः प्रमुख आचार्य

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नदी किनारबाट सडक निर्माण गर्ने सोचलाई पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।

ललितपुरमा बुधवार आयोजित एक कार्यक्रममा बोल्दै आचार्यले सडक निर्माणको नीति र अभ्यासमा पुनर्विचार गर्नुपर्ने आवश्यकता अरहेको बताएका हुन् । सडक निर्माण गर्दा तत्कालको दूरी छोटो हुने वा निर्माण सामग्री सहज रूपमा उपलब्ध हुने पक्षलाई मात्र नभई दीर्घकालीन रूपमा मुलुकको अर्थतन्त्रमा पर्ने प्रभावलाई समेत मूल्यांकन गर्नुपर्नेमा जोड दिएका छन् । उनले विगतमा नदी किनारमा सडक निर्माण गर्दा निर्माण सामग्री प्राप्त गर्न सहज हुने, छिटो निर्माण गर्न सकिने लगायतका कारणले त्यस्तो अभ्यास अघि बढाइएको हुन सक्ने बताएका छन् । तर अब सडक निर्माणको दीर्घकालीन प्रभावबारे गम्भीर भएर सोच्नुपर्ने उनको भनाइ छ । आचार्यले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) र प्रारम्भिक वातावरणीय परीक्षण (आईईई)लाई कागजी प्रक्रिया पूरा गर्ने माध्यमका रूपमा मात्रै लिन नहुने बताएका छन् । उनले सम्बन्धित मन्त्रालयका सचिवको ध्यानाकर्षण गराउँदै ईआईए र आईईई वास्तविक अध्ययन र जोखिम मूल्यांकनमा आधारित हुनुपर्नेमा जोड दिएका छन् ।

उनले भने, अलि दूरी छोटो हुन्छ भन्ने हिसावले मात्रै ग¥यौं कि हामीले ? यसले लङ टर्ममा देशको सिङ्गो इकोनोमीमा के इम्प्याक्ट पार्छ भन्ने कुरामा अब ध्यान दिनुपर्ने हो कि ? हाम्रो ईआईए र आईईई केवल पेपर कपी–पेस्ट गरेर रिपोर्ट बुझाइदिने विषय त भएनन् नि ? किन हाम्रो एउटा हाइवेको एउटा पहिरो गएपछि सिङ्गो देश कनेक्टिभिटीबाट टुट्छ ? कहाँनेर चुक्यौँ हामी ? मान्छेको सबैभन्दा ठूलो सम्पत्ति भनेको जीवन हो । हरेक दिनजसो एक दर्जनभन्दा बढी एक्सिडेन्ट सिटीभित्र भइरहेको छ । पोलिसीमै चेन्ज गरौँ । जे–जे भयो, अब त्यसलाई नदोहोरिने गरी सुधार गर्न सक्यौँ भने यो सिम्पोजियम दिगो यातायात, खासगरी अर्बान मोबिलिटीका लागि ठूलो अर्थ राख्छ ।’

वातावरणीय तथा प्राविधिक अध्ययनका प्रक्रिया पूरा गरिए पनि व्यवहारमा सडक अवरुद्ध हुने र एउटा राजमार्गमा पहिरो जाँदा सिङ्गो मुलुकको कनेक्टिभिटी प्रभावित हुने अवस्था किन आएको हो भन्ने विषयमा समीक्षा गर्नुपर्ने उनले बताएका छन् । उनले विगतका कमजोरीलाई नीतिगत तहबाट समीक्षा गरेर आगामी दिनमा त्यस्ता समस्या दोहोरिन नदिने गरी नीति बनाउनुपर्ने बताएका छन् । महानगर प्रमुख आचार्यले शहरी क्षेत्रमा बढ्दै गएको सडक दुर्घटनालाई समेत नीतिगत कमजोरीसँग जोडेर हेर्नुपर्ने बताएका छन् । शहरभित्र यातायातका विभिन्न माध्यम र ट्राफिक व्यवस्थापनसम्बन्धी तथ्यांकको अध्ययन आवश्यक रहेको उल्लेख गर्दै उनले दैनिक ठूलो संख्यामा दुर्घटना भइरहेको बताए । दुर्घटनाका कारण पहिचान गरी नीतिगत तहबाटै सुधार गर्नुपर्नेमा जोड दिँदै आचार्यले विगतका कमजोरी नदोहोरिने गरी स्पष्ट निर्णयसहित नीति परिवर्तन गर्नुपर्ने र सडक तथा यातायात पूर्वाधार निर्माणमा दीर्घकालीन आर्थिक, वातावरणीय र मानवीय प्रभावलाई केन्द्रमा राखेर नीति निर्माण गर्नसके मात्रै दिगो यातायात र सहरी गतिशीलताको लक्ष्य हासिल गर्न सकिने उनले बताएका छन् ।


प्रकाशित मिति: २४ भाद्र २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?