Trending
>>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

पर्वत अस्पताललाई डिजिटल एक्सरे मेसिन


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले पर्वत जिल्ला अस्पताललाई झण्डै रु डेढ करोड मूल्य बराबरको डिजिटल एक्सरे मेसिन हस्तान्तरण गर्नुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा नियुक्ति भएपछि पहिलो पटक गृहजिल्ला आउनुभएका उहाँले स्वास्थ्य मन्त्रालय, आपूर्ति महाशाखामार्फत उपलब्ध आधुनिक मेसिन हस्तान्तरण गर्नुभयो । पर्वत् अस्पतालमा स्वास्थ्य उपकरण हस्तान्तरण गर्दै मन्त्री गिरीले पिछडिएको क्षेत्रमासमेत गुणस्तरीय स्वास्थ्य सेवाको पु¥याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

आफू अहिले स्वास्थ्य क्षेत्रका समस्या पहिचानमा लागेको बताउँदै उहाँले ताप्लेजुङदेखि दार्चुलासम्मका समस्या पहिचान गरेर स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “गुणस्तरीय स्वास्थ्यको पहुँच सबै जनतामा पुर्याउने जिम्मा सरकारको हो । उपचार नपाएर अकालमा मर्नुपर्दैन भन्ने प्रत्याभूति जनतालाई दिलाउने गरी काम गर्छौँ”, उहाँले भन्नुभयो, “यसका लागि सबै स्वास्थ्य संस्थामा आधारभूत सुविधा र जनशक्तिको व्यवस्थापन गर्नेछौँ ।” स्वास्थ्यमन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रका समस्याको समाधान सहज भने नरहेको स्वीकार गर्दै न्यूनतम स्वास्थ्य सेवाको मापदण्ड देशेभर पुर्याउने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, “अहिले स्वास्थ्य क्षेत्रका विद्यमान समस्याबारे गहिरोगरी अध्ययन गर्दैछु । ती समस्या पहिचान गरेर जनतालाई सेवा दिने बाचा गर्दछु ।” उहाँले गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा दिनका लागि स्वास्थ्य बीमालाई दिगो र भरपर्दो बनाउँदै गरीब जनताले स्वास्थ्य बीमामार्फत नै सेवा लिनसक्ने आवस्था सिर्जना गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

अर्को प्रसङ्गमा पर्वतका सातवटै स्थानीय तहमा आगामी ५ वर्षभित्र सुविधासम्पन्न अस्पताल खोल्ने घोषणा गर्नुभयो । “यहाँको जिल्ला अस्पतालमा अत्यावश्यक उपकरणको कमी रहेछ । आगामी पाँच वर्षभित्र सातवटै पालिकामा अस्पताल हुनेछन्, डाक्टर, नर्स र ल्याब हुनेछ । कोही पनि उपचार नपाएर मर्ने अवस्था रहँदैन”, उहाँले भन्नुभयो । पर्वत अस्पतालमा ५० शय्या अनुसार जनशक्ति व्यवस्थापन गर्ने र आवश्यक उपकरण उपलब्ध गराउने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो । मन्त्री गिरीले पर्वत अस्पतालको निरीक्षणसमेत गर्नुभयो ।


प्रकाशित मिति: १२ माघ २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?