Trending
>>   महिला नेपाल प्रिमियर लिगको आयोजना गर्न क्यानलाई प्रधानमन्त्रीको निर्देशन >>   एनपिएलको ट्रफी अनावरण (फोटो फिचर) >>   रोमानियाको राष्ट्रपति चुनावमा वर्तमान प्रधानमन्त्रीको नेतृत्व >>   कोप २९ विश्वव्यापी जलवायु सम्झौता प्याकेजमा पुग्यो >>   प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग आसन्न चीन भ्रमणबारे छलफल गर्दै >>   यी दुई प्रदेशमा हल्का वर्षा र हिमाली भूभागमा हिमपातको सम्भावना >>   आज मिति २०८१ साल मङ्सिर १० गते सोमबार,हेर्नुहोस आजको राशिफल >>   संसदमा पेश भएका विधेयकहरु ६० दिनभित्र पास गर्नेगरी काम गर्दैछौँः उद्योगमन्त्री भण्डारी >>   नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छ : सभामुख >>   सोमवारदेखि शुरु हुँदै सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन
Logo
१० मंसिर २०८१, सोमबार
१० मंसिर २०८१, सोमबार

स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन


चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटटन गर्नुभएको हो । कलेजको १६औँ वार्षिकोत्सवको अवसरमा इन्स्टिच्यूट सञ्चालनमा ल्याइएको हो । सो अवसरमा बोल्दै सचिव डा पोखरेलले क्यान्सर रोगको उपचारमा नेपाल सरकारले प्रभावकारी रुपमा सेवा दिन नसकेको समयमा इन्स्टिच्यूट स्थापना हुनुले उपचारमा देखिएका समस्या समाधानका लागि सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल सरकारको कार्यक्रम लागू भएको यस इन्स्टिच्यूटमा विपन्न नागरिकले समेत सेवा पाउनेछन् ।”सरकारका कार्यक्रम लागू गर्दै रोग निवारणमा महत्वपूर्ण भूमिका खेल्नसमेत चितवन मेडिकल कलेज सफल भएको उहाँको भनाइ थियो । क्यान्सर रोगको उपचारका लागि बिरामी बाहिर जानु नपर्ने गरी सेवा दिनसमेत उहाँले आग्रह गर्नुभयो ।

चितवन मेडिकल कलेज शिक्षण अस्पतालले भगिनी संस्थाका रुपमा इन्स्टिच्यूट सञ्चालनमा ल्याएको हो । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र पोखरेलले रेडियसनसँगै ब्राकिथेरापी, स्पेक्ट सिटी स्क्यानलगायत क्यान्सर उपचारमा आवश्यक अत्याधुनिक उपकरण जडान गरिएको बताउनुभयो । उहाँले क्यान्सर रोग उपचारका लागि महिनौँ पालो कुर्नुपर्दा क्यान्सर झनै फैलिन सक्ने र त्यसले उपचारमा समेत समस्या खडा गर्नसक्ने भएकाले क्यान्सर पहिचान हुने वित्तिकै उपचार सुुरु गर्ने बताउनुभयो । एक सय शय्याको सो इन्स्टिच्यूट ६ तले रहेको छ । अस्पालत परिसरमा रहेको सो इन्स्टिच्यूटमा भारत, अमेरिका, चीनमा क्यान्सर उपचारमा काम गर्नुभएका अनुभवी विशेषज्ञ चिकित्सकहरुले उपचार गर्नेछन् । यस कलेजले सरकारले तोकेका आठवटा विपन्नका कार्यक्रम चलाउने गरेको, मन्त्रालयको मापदण्ड पूरा गरी क्यान्सर इन्स्टिच्यूट निर्माण गरेको न्यौपानेले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा नेपाल ‘ए’ वर्गको प्रयोगशालासमेत सञ्चालनमा ल्याएको छ । उच्चस्तरीय प्रविधिको जडान गरी इन्स्टिच्यूट सञ्चालनमा ल्याइएको हो । उहाँले भन्नुभयो, “उपचार नपाएर विदेश जानुपर्ने क्यान्सरका बिरामीको समस्या अब समाधान हुनेछ ।” उहाँले सरकारले पेटस्क्यान मेसिन खरिद गर्नुपर्ने र सरकारले नगरे सोको जिम्मा निजी क्षेत्रलाई दिनसमेत आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा प्रदीप ज्ञावली, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल, चिकित्सा शिक्षा आयोगकी निर्देशक डा आरती शाह, नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिष्ट्रार पुष्पराज खनाल, वीर अस्पतालका डा कञ्चन अधिकारी, भारतको राजीवगान्धी क्यान्सर रिसर्च सेन्टरका निर्देशक डा सुदिर रावलले क्यान्सर रोगको उपचारमा परिवर्तन आएको बताउँदै निजी क्षेत्रबाट क्यान्सर अस्पताल बन्नु ठूलो उपलब्धि भएको बताउनुभयो । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं १० का वडाध्यक्ष परमेश्वर खनाल, चितवन मेडिकल कलेजका अस्पताल निर्देशक डा दयाराम लम्साल, इन्स्टिच्यूटका प्रमुख डा सुवास ठाकुर लगायतले बोल्नुभएको थियो । इन्स्टिच्यूटमा क्यान्सरका बहिरङ्ग सेवा, अन्तरङ्ग सेवा, रेडियोथेरापी, केमो थेरापी, ब्राकी थेरापीलगायतका सेवा सञ्चालनमा आएका छन् ।


प्रकाशित मिति: १२ माघ २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?