Trending
>>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ?
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

नर्सलाई कम पारिश्रमिक दिने संस्थाको नवीकरण हुँदैन : मन्त्री गिरी


स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्टाफ नर्सलाई कम पारिश्रमिक दिने स्वास्थ्य सङ्स्थाको नवीकरण नगर्ने बताउनुभएको छ । आज यहाँ नेपाल नर्सिङ सङ्घको ६१औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले नर्सको तलब निकै कम भएको सुन्नमा आएको भन्दै बिरामीको सेवामा चौबिसै घण्टा खटिने नर्सको सेवासुविधा वृद्धि गर्नका लागि भूमिका खेल्ने बताउनुभयो । उहाँले श्रम शोषण गर्ने स्वास्थ्य संस्थालाई अनुगमन गरी कारबाही गर्नेसमेत चेतावनी दिनुभयो । मन्त्री गिरीले नर्स मैत्री नीति बनाउनका लागि सक्रिय भूमिका खेल्ने धारणा राख्नुभयो । “नर्सका समस्या पहिचान गरेर राज्यले न्यायोचित ढङ्गले सम्बोधन नगर्दा उनीहरुमा नैराश्यता उत्पन्न हुन्छ र समाजमा अन्य समस्या देखिन्छ”, उहाँले भन्नुभयो, “नर्सले एउटा लेभल पास गर्नुहुन्छ ।

मैले सुने आठ हजार दश हजारमा पनि निजी क्षेत्रमा काम गर्नुपर्ने अवस्था छ । यो निकै चिन्ताको विषय हो । यसरी न्यूनतम तलब भत्ता पनि नदिइ श्रमको शोषण गर्ने कुरा कुनै पनि हालतमा ठीक हुँदैन ।” मन्त्री गिरीले अगाडि भन्नुभयो, “नर्सलाई कम तलब दिने अस्पताल र निजी स्वास्थ्य संस्थाको राम्रो गरी अनुगमन हुनेछ र आवश्यक कारबाही हुन्छ । यसमा कुनै सम्झौता हुँदैन तथ्य र प्रमाण भेटियो भने नवीकरण नगर्ने र खारेज गर्नेसम्म पनि हुनसक्छ ।” उहाँले बिरामीको उपचारमा नर्सको भूमिका महत्वपूर्ण हुने भएकाले नर्सलाई राम्रो सेवा दिइनुपर्ने भनाइ राख्नुभयो । “बिरामीको उपचारमा सक्रिय रहने नर्सले मुस्कानसहितको सेवा दिनुपर्छ, बिरामीलाई मुस्कानसहित भूमिका दियो भने आधा रोग आफैँ ठीक हुन्छ पनि भनिन्छ”, उहाँले भन्नुभयो, “तपाईंहरुको अनुहारमा हाँसो आवश्यक छ । तपाईंहरु हाँस्दा बिरामीले पनि राहत महसुस हुन्छ ।” उहाँले सङ्घीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहको समन्वयमा विद्यालयमा समेत नर्स राख्नेगरी योजना अघि बढिरहेको भन्दै यसले नर्सका लागि पनि रोजगारीका थप ढोका खुल्ने बताउनुभयो । “मैले मन्त्री भएपछि पहिलो निर्णय न्यूनतम स्वास्थ्य सेवा मापदण्ड कार्यान्वयन गर्ने विषयमा हस्ताक्षर गरेको छु । नर्स र बिरामीको कुरा त्यसैमा पर्छ”, उहाँले भन्नुभयो ।

नेपालका दक्ष नर्सले राम्रो सेवासुविधा पाएर विदेशमा रोजगारी गर्नु सकारात्मक कुरा भएको उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाल नर्सिङ सङ्घका अध्यक्ष मनकुमारी राईले नेपालमा नर्सको योग्यता, दक्षताअनुसार पारिश्रमिक नभएको बताउनुभयो । उहाँले नेपालामा न्यून पारिश्रमिक भएकाले नर्स विदेश जान थालेकोसमेत बताउनुभयो । नेपालमा अहिले सरकारी तथा निजी स्वास्थ्य संस्थामा करिब १० हजार नर्स कार्यरत छन् । आज ज्येष्ठ नागरिक स्वास्थ्य सुरक्षा हाम्रो जिम्मेवारी भन्ने नाराका साथ नर्सिङ दिवस मनाइँदैछ ।


प्रकाशित मिति: १५ माघ २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?