Trending
>>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

धौलागिरि अस्पतालमा डायलासिस सेवा विस्तार


धौलागिरि अस्पताल बागलुङले डायलासिस सेवाको क्षमता थप गरेको छ । मिर्गाैला पीडितलाई निःशुल्क रुपमा डायलासिस सेवा प्रदान गर्दै आएको र अस्पतालले क्षमता थप गरेको हो । डायलसिस प्रक्रियामा प्रयोग हुुने ‘आरो’ पानी उत्पादन गर्ने मेसिन थपिएपछि सेवा विस्तार गरिएको हो । आरोपानी पर्याप्त मात्रमा उत्पादन हुँदा डायलासिस सेवालाई तीन चरणमा विभाजन गरेर उपचार सेवा थप गरिएको धौलागिरि अस्पतालका नर्सिङ अधिकृत तथा सूचना अधिकारी अञ्जना पौडेलले जानकारी दिनुभयो । आरोपानीको अभाव हुँदा विगतमा दैनिक दुई चरणमा मात्रै डायलासिस हुँदै आएको थियो । गत मङ्सिरदेखि दैनिक तीन चरणमा डायलासिस सेवा प्रदान गरिएको छ । आरोपानी दुई सय ५० लिटर प्रतिघण्टा उत्पादन हुँदा दुई चरण थियो ।

अहिले आरोपानी प्रतिघण्टा एक हजार लिटर उत्पादन हुन्छ । डायलासिस मेसिन थप गर्न सके थप बिरामीको पनि उपचार गर्न सकिने सूचना अधिकृत पौडेलको भनाइ छ । हाल अस्पतालमा ४४ जना मिर्गाैलाका बिरामीले नियमित निःशुल्क रुपमा डायलासिस सेवा लिँदै आएका छन् । तीबाहेक पाँचजनाले उपचारका लागि पालो गर्नुपर्ने अवस्था छ । यद्यपि पालो कुर्नुपर्ने बिरामी जटिल प्रकृतिका छैनन् । उनीहरुले हप्ता वा पन्ध्र दिनमा एक पटक मात्रै डायलासिस गर्दै आएका छन् । नियमित सेवाका सूचीमा रहेका बिरामीमध्ये तीनजनाले हप्ताको तीन पटक अन्यले हप्ताको दुई पटक डायलासिस गराउँछन् । छ मेसिनबाट दैनिक डायलासिस गर्दै आएको सूचना अधिकृत पौडेलको भनाइ छ । एउटा मेसिनले बेलाबेलामा काम गर्दैन । पाँचवटा मेसिन नियमित सञ्चालनमा छन् । गण्डकी प्रदेश सरकारसँग थप डायलासिस मेसिनको माग गरिएको छ । अझै पाँच/छ मेसिन सञ्चालन गर्न सक्ने आरोपानीको क्षमता रहेको उहाँले बताउनुभयो । डायलासिसका लागि जिल्ला बाहिरका सरकारी तथा निजी अस्पतालमा रहेका बिरामीलाई जिल्लाबाटै सेवा दिन सकिने सूचना अधिकारी पौडेलले बताउनुभयो । स्थानीय तहले पनि नागरिकको स्वास्थ्य सेवालाई ध्यानमा राखेर डायलसिस मेसिन खरिद गरिदिए सेवा उपलब्ध गराउन आफूहरु तयार रहेको पौडेल बताउनुहुन्छ । एउटा मेसिन खरिद गर्दा करिब रु १५/१६ खर्च हुन्छ ।

धौलागिरि अस्पतालमा २०७५ साल वैशाख १० गतेदेखि दुई बिरामीबाट निःशुल्क डायलासिस सेवा सञ्चालन गरिएको छ । डायलासिसका लागि गाउँबाट आउनेलाई पहिलो चरण, सदरमुकामदेखि नजिकै रहेका बिरामीलाई दोस्रो चरण र सदरमुकाममै बसोबास गर्ने बिरामीलाई तेस्रो चरण अर्थात् साँझको समयमा डायलासिस सेवा उपलब्ध गराउने गरी कार्य सूची तयार गरिएको छ । एक बिरामीको एक पटक डायलासिस विद्युत् र डाइलाइजर बाहेकको करिब रु दुई हजार छ सय ७० खर्च आउँछ । सरकारले उक्त रकमको सोधभर्ना गर्दै आएको छ । डायलासिस सेवामा पाँचजना कार्यरत छन् । उक्त जनशक्ति सेवा प्रवाहका लागि अपुग भएको अस्पतालका प्रशासकीय अधिकृत तेजप्रसाद निउरेले जानकारी दिनुभयो ।


प्रकाशित मिति: ११ माघ २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?