Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

शहरी विकास मन्त्रालयको ‘अनलाइन अनुगमन कक्ष’मा जोडिए प्राथमिकतायुक्त आयोजना


काठमाडौँ। शहरी विकास मन्त्रालयले मन्त्रालयअन्तर्गतका ठूला आयोजनाको प्रभावकारी निगरानीका लागि ‘अनलाइन अनुगमन कक्ष’ सञ्चालनमा ल्याएको छ ।

प्राथमिकतायुक्त आयोजनाहरुको २४सै घण्टा अनलाइनमार्फत अनुगमन गर्न सकिने उक्त कक्षको बिहीवार एक कार्यक्रमबीच उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले शुभारम्भ गरेका छन्। उक्त कक्षबाट मन्त्रालयका कर्मचारीहरुले आयोजना प्रमुखसँग लाइभ कुराकानी र छलफल गर्न सक्नेछन् ।

शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री सिंहले अनलाइन अनुगमन प्रणालीले समय र खर्च वचत हुने तथा आयोजना निर्माणमा देखिएका समस्या तत्काल समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले विकास निर्माणका आयोजनाहरुलाई गति दिन यस कक्षले महत्वपूर्ण भुमिका खेल्ने विश्वास समेत व्यक्त गरेका छन्। तत्कालका लागि अनलाइन अनुगमन कक्षबाट कीर्तिपुररस्थित क्रिकेट रंगशाला र नवलपुर जिल्ला सदरमुकाको आयोजना मनिटरिङ गरिएको छ । आउँदा दिनमा मन्त्रालयमातहतका प्राथमिकतायुक्त सबै आयोजनालाई अनुगमन गर्ने प्रक्रियामा जाने मन्त्री सिंहले बताएका छन् ।

उनले भने, ‘प्राथमिकतायुक्त आयोजनाहरुको अनलाइन अनुगमन कक्षको प्रारम्भ भएको छ । प्रविधिको अधिकतम सदुपयोग गरेर विकास निर्माणका कामलाई तिब्रताका साथ सम्पन्न गर्नको लागि यी टुल्सहरुको हामीले प्रयोग गर्न जान्नुपर्ने हुन्छ । त्यहीअनुसार आज हामीले यो कार्य अगाडि बढाएका हौं । अब हाम्रो मन्त्रालयबाट प्राथमिकतामा परेका विकास निर्माणका आयोजनाहरुको अनुगमन गरिनेछ । यद्यपि भौतिक अनुगमन परम्परागत शैली पनि हामीले छोड्नु हुँदैन । फिल्डमै गएर अनुगमन गर्ने तथा भौतिक प्रगति के कस्तो छ बुझ्ने कार्यहरु त हुन्छन् नै । तर यो अनलाइन अनुगमनले समय तथा खर्च वचत हुने तथा आयोजना निर्माणमा देखिएका समस्या अनुगमन कक्षमा बसेका कर्मचारीहरुसँगको समन्वयमा समाधान गर्न सहयोग पुग्नेछ । अहिले नेपालमा विकास निर्माणका आयोजनाहरु समयमै सम्पन्न नहुने समस्या छ । त्यो समस्या समाधान गर्नको लागि यसले महत्वपूर्ण सहयोग गर्ने हाम्रो विश्वास छ ।’

अनलाइनमार्फत अनुगमन गरेपनि भौतिक अनुगमन गरेर प्रगतिको अवस्था बुझ्ने कार्य नरोकिने मन्त्रालयले जनाएको छ ।


प्रकाशित मिति: ५ भाद्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?