Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

शहरी विकास मन्त्रालयको ‘अनलाइन अनुगमन कक्ष’मा जोडिए प्राथमिकतायुक्त आयोजना


काठमाडौँ। शहरी विकास मन्त्रालयले मन्त्रालयअन्तर्गतका ठूला आयोजनाको प्रभावकारी निगरानीका लागि ‘अनलाइन अनुगमन कक्ष’ सञ्चालनमा ल्याएको छ ।

प्राथमिकतायुक्त आयोजनाहरुको २४सै घण्टा अनलाइनमार्फत अनुगमन गर्न सकिने उक्त कक्षको बिहीवार एक कार्यक्रमबीच उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले शुभारम्भ गरेका छन्। उक्त कक्षबाट मन्त्रालयका कर्मचारीहरुले आयोजना प्रमुखसँग लाइभ कुराकानी र छलफल गर्न सक्नेछन् ।

शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री सिंहले अनलाइन अनुगमन प्रणालीले समय र खर्च वचत हुने तथा आयोजना निर्माणमा देखिएका समस्या तत्काल समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले विकास निर्माणका आयोजनाहरुलाई गति दिन यस कक्षले महत्वपूर्ण भुमिका खेल्ने विश्वास समेत व्यक्त गरेका छन्। तत्कालका लागि अनलाइन अनुगमन कक्षबाट कीर्तिपुररस्थित क्रिकेट रंगशाला र नवलपुर जिल्ला सदरमुकाको आयोजना मनिटरिङ गरिएको छ । आउँदा दिनमा मन्त्रालयमातहतका प्राथमिकतायुक्त सबै आयोजनालाई अनुगमन गर्ने प्रक्रियामा जाने मन्त्री सिंहले बताएका छन् ।

उनले भने, ‘प्राथमिकतायुक्त आयोजनाहरुको अनलाइन अनुगमन कक्षको प्रारम्भ भएको छ । प्रविधिको अधिकतम सदुपयोग गरेर विकास निर्माणका कामलाई तिब्रताका साथ सम्पन्न गर्नको लागि यी टुल्सहरुको हामीले प्रयोग गर्न जान्नुपर्ने हुन्छ । त्यहीअनुसार आज हामीले यो कार्य अगाडि बढाएका हौं । अब हाम्रो मन्त्रालयबाट प्राथमिकतामा परेका विकास निर्माणका आयोजनाहरुको अनुगमन गरिनेछ । यद्यपि भौतिक अनुगमन परम्परागत शैली पनि हामीले छोड्नु हुँदैन । फिल्डमै गएर अनुगमन गर्ने तथा भौतिक प्रगति के कस्तो छ बुझ्ने कार्यहरु त हुन्छन् नै । तर यो अनलाइन अनुगमनले समय तथा खर्च वचत हुने तथा आयोजना निर्माणमा देखिएका समस्या अनुगमन कक्षमा बसेका कर्मचारीहरुसँगको समन्वयमा समाधान गर्न सहयोग पुग्नेछ । अहिले नेपालमा विकास निर्माणका आयोजनाहरु समयमै सम्पन्न नहुने समस्या छ । त्यो समस्या समाधान गर्नको लागि यसले महत्वपूर्ण सहयोग गर्ने हाम्रो विश्वास छ ।’

अनलाइनमार्फत अनुगमन गरेपनि भौतिक अनुगमन गरेर प्रगतिको अवस्था बुझ्ने कार्य नरोकिने मन्त्रालयले जनाएको छ ।


प्रकाशित मिति: ५ भाद्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?