Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

सरकारी कर्मचारीका सन्तान सार्वजनिक विद्यालयमा पढ्नु पर्ने व्यवस्था राखौँः सांसद बस्नेत


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) की सांसद ज्ञानु बस्नेतले देश ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा गइसक्दासमेत देशको शिक्षाको स्थिति नाजुक रहेको बताएकी छिन्।

बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले शिक्षाको क्षेत्रमा धेरै समस्या अहिले पनि विद्यमान रहेको बताइन् । उनले शिक्षा क्षेत्रमा धेरै सुधारहरु गर्न जरुरी रहेको बताउदै शिक्षालाई अघि बढाउन शिक्षा विधेयकले महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्नुपर्ने बताइन् । उनले शिक्षा क्षेत्रको जग बलियो बनाएर अघि बढ्न जरुरी रहेको बताइन् ।

उनले भनिन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा हुँदापनि शिक्षाको क्षेत्रमा धेरै प्रगति गर्न सकेनौँ । शिक्षाको क्षेत्रमा धेरै समस्या हाम्रो अगाडि खडा भए । जसको कारणले आज झन्डै हाम्रो देश आज जसरी अघि बढ्नुपर्ने हो त्योअनुसार बढ्न सकेन । शिक्षालाई अघि बढाउने शिक्षा विधेयकले महत्वपूर्ण भुमिका निर्वाह गरोस् । शिक्षा क्षेत्रमा जग बलियो खडा गरौँ भनेर हामी लाग्यौँ ।’

सांसद बस्नेतले सार्वजनिक विद्यालयको सुधारका लागि राज्यबाट सेवा सुविधा र तलव लिनेहरुको सन्तानलाई सार्वजनिक विद्यालयमा भर्ना गर्ने बाध्यकारी व्यवस्था लेख्नुपर्ने बताएकी छिन् ।


प्रकाशित मिति: ५ भाद्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?