Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

समाचार


प्रभावकारी सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आफूले सम्हालिरहेका मन्त्रालयका सचिवहरुलाई बोलाएर प्रभावकारी सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भएर काम गर्न एकमुष्ट निर्देशन दिएकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य सात मन्त्रालयका सबै सचिवहरुलाई सिंहदरबारमा विशेष निर्देशन दिएकी हुन् । उनले सचिवहरुलाई मन्त्री नभएकै कारण काममा बाधा नपरोस् भनेर अधिकार

शान्ति प्रक्रियाको १९ वर्षसम्म द्वन्द्वपीडितले न्याय नपाएको भन्दै आयोगद्वारा चासो व्यक्त

काठमाडौँ। शान्ति प्रक्रियाको १९ वर्ष पुग्दा समेत सरकारले द्वन्द्वकालीन न्याय प्रक्रिया प्रभावकारी ढंगले अघि नबढाएको राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर चासो व्यक्त गरेको छ । विस्तृत शान्ती सम्झौताको १९ वर्ष पुगेको अवसरमा अयोगले शुक्रवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै चासो र चिन्ता व्यक्त गरेको हो । आयोगले सत्य निरूपण तथा

विदेशी माथि अब कडा निगरानी गर्नुपर्छः महानिर्देशक तिवारी

काठमाडौँ। अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारी नेपाल आउने विदेशी माथि अब कडा रुपमा निगरानी गर्नुपर्ने बताएका छन् । मुलुकभित्र अनेकौं स्वार्थमा विदेशीहरु आउने र चलखेल गर्नसक्ने भएकाले अब हरेक विदेशीमाथि निगरानी गर्न जरुरी रहेको बताएका छन् । आज अध्यागमन ऐन, २०४९ र सो अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको सम्बन्धमा सरोकारवाला निकाय

प्रधानमन्त्री कार्कीसँग निर्वाचन गराउने मनशाय नै छैनः ओली

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन गराउने मनशाय समेत नरहेको दाबी गरेका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री कार्कीले निर्वाचन गराउन नसक्ने जिकिर समेत गरेका छन् । अध्यक्ष ओलीले निर्वाचनयोग्य वातावरण नभएकाले मुलुकमा निर्वाचन हुने अवस्था नरहेको उल्लेख

गुल्बदिनको अलराउन्ड प्रदर्शनमा लुम्बिनीको जित

काठमाडौं। गुल्बदिन नैबको अलराउन्ड प्रदर्शनमा लुम्बिनी लायन्सले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा सुखद सुरुआत गरेको छ । कीर्तिपुरमा लुम्बिनीले बुधबार चितवन राइनोजमाथि ६ विकेटको जितसँगै एनपिएलको दोस्रो सिजनमा सुखद सुरुआत गरेको हो । यससँगै चितवनले जारी एनपिएलमा पहिलो हार सामना ग¥यो । पहिलो खेलमा चितवनले कर्णाली

आर्थिक अवस्था कमजोर भइ उपचार गर्न नसकेका मगरलाई सुनिल शर्माको सहयोग

काठमाडौँ। काँग्रेस नेता डा. सुनिल शर्माले मोरङको सुन्दरहरैंचा नगरपालिका–११ सुकुम्वासी बस्तीका विपन्न भीमबहादुर मगरलाई आर्थिक सहयोग गरेका छन् । मोरङ जिल्ला, सुन्दरहरैंचा नगरपालिका–११ सुकुम्वासी बस्तीका विपन्न तथा बिरामी मगरलाई पूर्वसांसद शर्माले आर्थिक तथा उपचार सहयोग प्रदान गरेका हुन् । केही महिनादेखि क्यान्सर रोगबाट पीडित रहेका मगर आर्थिक अभावका कारण उपचार

चलचित्रकर्मीहरु भन्छन्ः ‘विधेयकले चलचित्र क्षेत्र नै बुझ्न सकेन’

काठमाडौँ। राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा छलफल भइरहेको चलचित्रसम्बन्धी विधेयकलाई चलचित्रकर्मीहरुले परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन्  । समितिमा विहीवार भएको छलफलमा सहभागी चलचित्रकर्मीहरुले विधेयक समयसापेक्ष नभएको भन्दै परिमार्जनको आवश्यकता औल्याउदै  विधेयकले चलचित्र क्षेत्रलाई नै बुझ्न नसकेको आरोप लगाएका छन्  । चलचित्र निर्देशक मनोज पण्डितले विधेयकले सिनेमाको सिर्जनालाई अझै पनि पुरानै

सिमरामा जारी युवाहरुको आन्दोलन शुक्रवार १० बजेसम्मका लागि स्थगित

बारा । बाराको सिमरामा जारी युवाहरुको आन्दोलन शुक्रवार १० बजेसम्मका लागि स्थगित भएको छ । नेकपा एमाले निकट युवा संघका कार्यकर्तालाई कारवाहीको माग गर्दै आन्दोलनमा उत्रिएका सिमराका युवाहरुले बिहीवार पनि आन्दोलन जारी राखेका थिए । बिहीवार अपरान्हदेखि शुक्रवार १० बजेसम्मलाई आन्दोलन स्थगन गरेका हुन् । युवा संघका ८ जना नेता

आगामी निर्वाचनमा सेना परिचालन गर्न सुरक्षा परिषद्को सिफारिस

काठमाडौँ। राष्ट्रिय सुरक्षा परिषद्को बैठकले राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदन (आ.व.०८१/८२) को मस्यौदा आवश्यक संशोधनसहित स्वीकृत गरेको छ । बिहीवार सिंहदरबारमा  बसेको सुरक्षा परिषद्को बैठकले यो निर्णय गरेको हो । बैठकले नेपालको संविधानको भाग २८ को धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रपति रामचन्द्र पौडेल समक्षा उक्त मस्यौदा पेश

नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीबीच एकता अन्तिम चरणमा

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबीच एकीकरण अन्तिम चरणमा पुगेको छ । बिहीवार पेरिसडाँडामा भएको पार्टीहरुको कार्यदलस्तरीय वार्तामा एकताका लागि सहमति जुटेको नेता प्रकाश ज्वालाले जानकारी दिएका छन् । छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एकताका लागि दुवै पार्टीबीच राजनीतिक र सैद्धान्तिक सहमति जुटेको बताए ।

सम्वन्धित समाचारहरु