Trending
>>   राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामना >>   पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ :काँग्रेस >>   सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ- महामन्त्री पौडेल >>   न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र >>   आईजीपी नियुक्तिविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा >>   सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै नेपाल राष्ट्र बैंक >>   प्रहरीको नयाँ नेतृत्वको प्राथमिकताः अपराधको डिजिटल रूपान्तरणविरुद्ध जुध्न ‘गुनासो सुनुवाइ संयन्त्र’ ल्याइने >>   प्रहरी र नागरिकबीचको दूरी घटाउने गरी काम गर्न नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्री गुरुङको निर्देशन >>   मधेस सरकारको भविष्यबारे काँग्रेस लचिलोः ‘अहिले नै बहुमत गुमेको भन्नु हतार हुन्छ’ >>   पत्रकार धरपकड र विचौलिया इनम सापकोटा प्रकरणः छानबिन समिति गठन गरी अनुसन्धान गर्न माग
Logo
१९ कार्तिक २०८३, बिहीबार
१९ कार्तिक २०८३, बिहीबार

गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ?


काठमाडौं । गएको साता नेपालको पुँजी बजारमा उल्लेख्य सुधार देखिएको छ। साताको पाँचै कारोबार दिनमध्ये अधिकांश दिन बजार बढ्दा NEPSE परिसूचक ८७.७३ अंक अर्थात् ३.४३ प्रतिशतले बढेर २,६४७.२२ विन्दुमा पुगेको छ।

अघिल्लो साता २,५५९.४९ विन्दुमा रहेको सूचकांकले एक सातामै उल्लेख्य सुधार गरेको हो। बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। गत साता कुल रु. ३० अर्ब ६१ करोड बराबरको कारोबार हुँदा ८ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएका छन्। विशेषगरी सरकारको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना–२०८३’ सार्वजनिक भएपछि बजारमा देखिएको सकारात्मक मनोविज्ञानले पनि लगानीकर्ताको उत्साह बढाएको देखिन्छ। कार्ययोजनाले संस्थागत लगानी विस्तार, बजार पूर्वाधार सुधार, करसम्बन्धी सहजीकरण तथा दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने विषय अघि सारेको छ।

अबको बजार २,५७० विन्दु आसपासको क्षेत्रलाई नजिकको सपोर्ट र २,७५० विन्दुलाई प्रमुख प्रतिरोध क्षेत्रका रूपमा हेरिएको छ। प्राविधिक सूचकहरूमा सुधार देखिए पनि नाफा बुकिङ र करेक्सनको सम्भावनालाई पनि नजर अन्दाज गर्न सकिँदैन। समग्रमा, बढ्दो सूचकांक, सुधारिएको कारोबार र नीतिगत वातावरणले सोमबारको बजारप्रति सकारात्मक आधार तयार गरेको छ। तर आगामी बजारको दिशा भने कारोबारको आकार, संस्थागत लगानीको वास्तविक प्रवेश र लगानीकर्ताको मनोबलले निर्धारण गर्नेछ।


प्रकाशित मिति: ५ आश्विन २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?