Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ?


एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद प्रकाश पाठकले जेनजी आन्दोलनका घाइते तथा मुद्दा लागेका युवालाई न्यायको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले उपचार, क्षतिपूर्ति र दीर्घकालीन व्यवस्थापनको माग गर्दै झापामा जेन–जी आन्दोलनका घाइतेहरू ६ दिनदेखि आमरण अनसनमा बसेको उल्लेख गर्दै उनीहरुका माग तत्काल सम्बोधन गर्न समेत सरकारसँग माग गरेका छन् । उनले एउटै आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा गर्ने तर बाँचेकामाथि मुद्दा चलाउनु उचित नहुने बताएका छन् । उनकाअनुसार गत वर्षको भदौ अन्तिम साता भएको जेन–जी आन्दोलनको क्रममा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको थियो भने १ सय ८ जना घाइते भएका थिए । घाइतेमध्ये ४३ जनाले मात्र परिचयपत्र पाएको उनले बताए । जेन–जी आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गरी मुद्दा लागेका युवालाई सरकारले आवश्यक सहयोग र संरक्षण दिनुपर्ने उनको माग छ ।

उनले भने, ‘जेन–जी आन्दोलनका घाइतेहरुले उपचार, क्षतिपूर्ति र दीर्घकालीन व्यवस्थापनको माग राख्दै ६ दिनदेखि झापामा अनसन शुरु गरेका छन् । पेटमा गोली लागेका तथा आन्दोलनमा गम्भीर घाइते भएका जेन–जी युवाहरु परिचय पत्रको व्यवस्था र निःशुल्क शिक्षा लगायत माग राखी आमरण अनसनमा बसेका हुन् । झापामा जेनजी आन्दोलनमा प्रहरीको गोली लागेर गोपाल सेढाइँ र दिनेश राजवंशीको निधन भएको थियो । १ सय ८ जना घाइते भएका थिए । घाइतेमध्ये ४३ जनाले मात्र परिचय पत्र पाएका छन् । सभामुख महोदय एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी हुन सक्छन् ? जेनजी आन्दोलनलाई राजनीतिक आन्दोलनको रुपमा स्वीकार गरेर मुद्दा लागेका युवाहरुलाई ढाडस दिन सरकारले किन सकिरहेको छैन ? म सरकारलाई सोध्न चाहान्छु जेनजी आन्दोलनका घाइते तथा मुद्दा लागेकाहरुले न्याय पाउँछन् कि पाउँदैनन् ?’

जेन–जी आन्दोलनका घाइते तथा मुद्दा लागेकाहरूले न्याय पाउँछन् कि पाउँदैनन् ? उनको प्रश्न छ ।


प्रकाशित मिति: ५ आश्विन २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?