५ भदाै, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको नाम्सीपुलमा सोमबार राति ८ बजे खसेको पहिरो पन्छाउन आज अपराह्न ३ बजेसम्मको समय लाग्ने देखिएको छ । सडकको ७० मिटर भाग ढाक्ने गरी खसेको पहिरो रातिदेखि नै पन्छाउन थालिएको थियो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार ढुङ्गा खसिरहेकाले पहिरो पन्छाउन समय
५ भदाै, काठमाडाैँ । फेसबुक ह्याक गरी ठगी गर्ने एक गिरोह पक्राउ परेको छ । उनीहरूले मन्त्रीदेखि न्यायाधीशका श्रीमतीको फेसबुक ह्याक गरेको पाइएको छ । प्रहरीले दिएको जानकारी अनुसार पक्राउ परेको गिरोहले बागमती प्रदेश सरकारका एक मन्त्री र काठमाडौं जिल्ला अदालतका एक न्यायाधीशका श्रीमतीको अकाउन्ट ह्याक गरेका थिए । केही दिन
५ भदाै, एजेन्सी । अफगानिस्तानको उच्च शिक्षा मन्त्रालयले महिला विद्यार्थीहरूका लागि विश्वविद्यालयहरू पुनः खोल्ने योजनामा काम गरिरहेको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन्। मन्त्रालयको समितिले मन्त्रालयको वार्षिक प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा सो बारे जानकारी दिएको स्थानीय टोलो न्युज टिभीले उल्लेख गरेको छ। सञ्चारमाध्यमले उच्च शिक्षाका कार्यवाहक उपमन्त्री लुत्फुल्लाह खैरख्वालाई उद्धृत गर्दै योजनाको
५ भदाै, एजेन्सी । थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा १५ वर्षको निर्वासनपछि स्वदेश फर्किएका छन् । देशमा नयाँ प्रधानमन्त्री चयन हुनुभन्दा केही घण्टा अगाडि उनि स्वदेश फर्किएका हुन् । आफूमाथि राजनीतिक रुपमा प्रेरित भएर विभिन्न आपराधिक मुद्दा लगाएपछि निर्वासनमा गएका नेता थाक्सिनलाई कमजोर बनाउन सैन्य विद्रोह र विवादास्पद अदालती मुद्दाको सहारा
५ भदाै, काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता छिट्टै हुने बताउनुभएको छ । भरतपुर विमानस्थलमा ऋँज् पत्रकारहरुसँग आज कुराकानी गर्दै मन्त्री बस्नेतले सम्झौतासम्बन्धी यसैवर्ष औपचारिक रुपमा घोषणा समेत गरिने स्पष्ट पारे । उनले भने, “औपचारिकता दिनुपर्ने केही काम बाँकी छन्, त्यो पनि अन्तिम चरणमा
५ भदाै, काठमाडाैँ । राष्ट्रियसभाको बैठक सरेको छ । आज दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक दिउँसो ३ बजेर १४ बजे बस्ने भएको हो । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले आज जारी गरेको सूचनामा विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसक्ने भएकाले सवा दुई घण्टा ढिला
५ भदाै, काठमाडाैँ । एक महिनाको अवधिमा बजारमा सुनको मूल्य प्रतितोलामा तीन हजार रुपियाँले घटेको छ । गत साउनको पहिलो साता प्रतितोला एक लाख १३ हजार एक सय रुपियाँ पुगेको सुनको मूल्य अहिले तोलामा तीन हजार घटेर एक लाख १० हजार तीन सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको
५ भदाै, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन गरिने जानकारी दिएका छन्। उनले भने, “यसका लागि वन ऐन संशोधनका क्रममा रहेको छ, यसले मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन गर्नेमा मैले विश्वास लिएको छु ।” चितवन र मकवानपुर जिल्लाका चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती
५ भदाै, भक्तपुर । नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण सुरु गरेको भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १३ जनामा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको छ । नेपालमै पहिलो पटक २०७२ मङ्सिर २२ गतेदेखि कलेजो प्रत्यारोपण सुरु गरेको केन्द्रले यसै सातासम्म आइपुग्दा १३ जनाको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको केन्द्रका कार्यकारी निर्देशक डा
५ भदाै, एजेन्सी । स्पेनलाई उपाधि सुम्पिँदै नवौं फिफा महिला विश्वकप फुटबलको मैजारो भएको छ । आइतबार अस्ट्रेलियाको सिड्नीस्थित ओलम्पिक रङ्गशालामा भएको फाइनल खेलमा स्पेनले बलियो इङ्ल्यान्डलाई १–० गोलले हराउँदै उपाधि जितेको हो । स्पेनलाई उपाधि जिताउन २३ वर्षीया ओल्गा कार्मोनाले २९औं मिनेटमा गोल गरेकी थिइन् । टोलीको कप्तानसमेत रहेकी ओल्गाको