Trending
>>   ‘खराब व्यवस्था फाल्नुपर्छ, संकटमै चुनाव अनुचित’ : पूर्वराजा ज्ञानेन्द्र >>   देश र मधेस दुवै पीडामा छन्, : काँग्रेस उपसभापति शर्मा >>   निजी क्षेत्रको २ खर्ब लगानी जोखिममाः ३६ हजार मेगावाटका लाइसेन्स र नीतिगत अन्योलबारे इप्पानको चिन्ता >>   अब कसैले पनि नकाब लगाएर सिंहदरबार जलाउन पाउँदैनः सभापति थापा >>   आसन्न निर्वाचनले रास्वपालाई पाँच वर्षका लागि सरकार चलाउने म्याण्डेट दिने अपक्षा गरेका छौँः रवि लामिछाने >>   देश बनाउन उत्तेजना होइन, ‘टिम नेपाल’ र संस्थागत विकास आवश्यकः सभापति थापा >>   भोट नदिए पनि हुन्छ, कामको लिष्ट दिनुस् : बालेन >>   कुशासन र बेथितिको सटर अब सधैंका लागि बन्द हुन्छ: रवि लामिछाने >>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश
Logo
७ फाल्गुन २०८२, बिहीबार
७ फाल्गुन २०८२, बिहीबार

१५ वर्षको निर्वासनपछि थाक्सिन सिनावात्राको स्वदेश फिर्ती


५ भदाै, एजेन्सी । थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा १५ वर्षको निर्वासनपछि स्वदेश फर्किएका छन् । देशमा नयाँ प्रधानमन्त्री चयन हुनुभन्दा केही घण्टा अगाडि उनि स्वदेश फर्किएका हुन् ।

आफूमाथि राजनीतिक रुपमा प्रेरित भएर विभिन्न आपराधिक मुद्दा लगाएपछि निर्वासनमा गएका नेता थाक्सिनलाई कमजोर बनाउन सैन्य विद्रोह र विवादास्पद अदालती मुद्दाको सहारा लिइएको थियो । निर्वाचित नेता उनलाई राजपरिवारले पनि तिरस्कार गरेपछि देशबाहिर जानु परेको थियो । उनिविरुद्ध दश वटा आपराधिक मुद्दा लगाइएका छन् ।

दुबईबाट सिङ्गापुर हुँदै निजी जेटमा स्थानीय समय अनुसार बिहान ९ः०० बजे राजधानी व्याङ्ककमा अवतरण गर्नुभएका उनको सयौँ समर्थकले जयकारका साथ स्वागत गरेका थिए । नेता सिनावात्राको दलको गढ मानिएको उत्तरपूर्वको सुरिन प्रान्तबाट रातभर यात्रा गरेर समर्थक विमानस्थलमा पुगेका थिए ।

आफ्ना दुई छोरी र छोराको साथमा उनि विमानस्थलको टर्मिनलबाट छोटो समयको लागि निस्कनुभयो र राजा र रानीको तस्बिरमा श्रद्धाञ्जली अर्पण गरे । त्यसपछि उनलाई सर्वोच्च अदालत लगिएको थियो । उनलाई लामो समयसम्म हिरासतमा नराखिने अपेक्षा गरिएको छ । नेता थाक्सिनको पार्टी फेउ थाई गठबन्धन सरकारमा आजै सहभागी हुने अपेक्षा पनि गरिएको छ ।

हालैको निर्वाचनमा सबैभन्दा धेरै स्थानमा जित हासिल गरेको कट्टरपन्थी युवा मुभ फर्वार्ड पार्टी नेतृत्वले फेउ थाईसँग सत्ता साझेदारीका निम्ति समझदारी गरेको छ । गठबन्धनमा अन्य दल पनि सहभागी हुने बताइएको छ ।


प्रकाशित मिति: ५ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?