Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

एक महिनामै तीन हजारले घट्यो सुनको मूल्य


५ भदाै, काठमाडाैँ । एक महिनाको अवधिमा बजारमा सुनको मूल्य प्रतितोलामा तीन हजार रुपियाँले घटेको छ ।

गत साउनको पहिलो साता प्रतितोला एक लाख १३ हजार एक सय रुपियाँ पुगेको सुनको मूल्य अहिले तोलामा तीन हजार घटेर एक लाख १० हजार तीन सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । साउनको पहिलो साता प्रतितोला साता एक लाख १३ हजार रुपियाँ पुगेको सुनको मूल्य त्यसपछि क्रमिक रूपमा घट्दै गएको महासङ्घले जनाएको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव आउँदा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबारमा गिरावट हुँदा मूल्य क्रमिक रूपमा घट्दै गएको जानकारी दिनुभयो । लामो समयदेखि बढ्दै गएको सुनको मूल्यमा पछिल्लो उतारचढाव आएकाले बजार अस्थिर रहेको उनको भनाइ छ । अफ सिजनसँगै मुलुकमा देखिएको आर्थिक सङ्कटका कारण सुनको कारोबार सुस्त रहेको उनले जानकारी दिए । गत जेठ महिनादेखि बढ्दै गएको सुनको मूल्य साउन दोस्रो सातादेखि क्रमिक रूपमा ओरालो लाग्दै आएको उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार प्रतिऔँस सुनको मूल्य एक हजार ८८९ डलरमा कारोबार भइरहेको छ । अघिल्लो सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस एक हजार ९१२ डलरमा कारोबार भएको थियो । गत शुक्रबारसम्म घटेर प्रतिऔँस एक हजार ८९२.२६ डलरमा झरेको थियो । लगानीकर्ता सुनमा आकर्षित हुन छाडेपछि मूल्यमा क्रमिक रूपमा गिरावट हुँदै आएको बताएको छ ।

मूल्यमा सामान्य गिरावट हुँदै आए पनि स्थानीय बजारमा सुनको कारोबार न्यून अवस्थामा रहेको छ । सिजन नभएको मलमासका कारण नयाँ गहना नकिन्ने हुँदा पनि कारोबार नभएको व्यवसायीको भनाइ छ । सुनको मूल्य बढेसँगै साउन र भदौ महिनामा चाडपर्व नभएका कारण पनि सुनको कारोबार ठप्प अवस्थामै रहेको व्यवसायीको भनाइ छ । सिजनका बेला दैनिक ३० देखि ४० किलो सुनको कारोबार हुने गरेकामा हाल मुस्किलले पाँच किलो कारोबार हुने गरेको व्यवसायीको भनाइ छ । तिज लागेसँगै सुनको कारोबार बढ्ने व्यवसायीले अनुमान गरेका छन् । यस्तै चाँदीको मूल्य स्थिर भई प्रतितोला एक हजार ३९० रुपियाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

बजारमा कारोबार न्यून हुँदा सुनको पर्याप्त मौज्दात रहेको व्यवसायीको भनाइ छ । विभिन्न वाणिज्य बैङ्कले दैनिक १० केजीका दरले सुन आयात गर्दै आएका छन् ।

भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा ४३ अर्ब ८९ करोड ९८ लाख ९१ हजार रुपियाँको सुन आयात भएको छ । आव २०७८/७९ मा ४२ अर्ब ७० करोड ३८ लाख १३ हजार रुपियाँको सुन आयात भएको थियो ।


प्रकाशित मिति: ५ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?