Trending
>>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति


नेपाली कांग्रेसको विशेष महाधिवेशनः सभापतिमा गगन थापा निर्विरोध

काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। लामो समयदेखि पार्टीभित्र नेतृत्व परिवर्तनको माग उठिरहेको सन्दर्भमा थापाको निर्विरोध निर्वाचनलाई कांग्रेसभित्र नयाँ पुस्ताको नेतृत्व उदयको रूपमा हेरिएको छ।

महाधिवेशनले पार्टीको शीर्ष नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको हो। सभापतिसँगै उपसभापति पदमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल सर्वसम्मत चयन भएका छन्। उनीहरूको चयनले पार्टीभित्र सन्तुलित प्रतिनिधित्व र अनुभव तथा युवाशक्तिको संयोजन भएको सन्देश दिएको नेताहरूले बताएका छन्।

त्यसैगरी महामन्त्री पदमा गुरु घिमिरे र प्रदीप पौडेल चयन भएका छन्। संगठन सुदृढीकरण, वैचारिक स्पष्टता र पार्टीलाई आधुनिक तथा जनमुखी बनाउने जिम्मेवारी अब नयाँ नेतृत्वको काँधमा आएको नेताहरूको भनाइ छ।

विशेष महाधिवेशनमा बोल्दै नवनिर्वाचित सभापति गगन थापाले कांग्रेसलाई जनताको भरोसायोग्य पार्टीका रूपमा पुनर्स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई अझ मजबुत बनाउने, संगठनलाई चुस्त बनाउने र देशको सुशासन, समृद्धि तथा सामाजिक न्यायका मुद्दामा कांग्रेस अग्रपंक्तिमा उभिने बताए।

महाधिवेशनमा सहभागी नेता तथा कार्यकर्ताहरूले नेतृत्व चयन सर्वसम्मत रूपमा हुनु सकारात्मक संकेत भएको उल्लेख गर्दै अब पार्टी एकताबद्ध भएर आगामी राजनीतिक चुनौती सामना गर्ने विश्वास व्यक्त गरेका छन्। नयाँ नेतृत्वको कार्यदिशा र निर्णयले नेपाली कांग्रेसको भविष्यको राजनीति कुन दिशातर्फ जाने हो भन्नेमा चासो बढेको छ।


प्रकाशित मिति: १ माघ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?