Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

नारायणगढ–मुग्लिन सडक अपराह्न ३ बजेसम्म खुल्ने


५ भदाै, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको नाम्सीपुलमा सोमबार राति ८ बजे खसेको पहिरो पन्छाउन आज अपराह्न ३ बजेसम्मको समय लाग्ने देखिएको छ । सडकको ७० मिटर भाग ढाक्ने गरी खसेको पहिरो रातिदेखि नै पन्छाउन थालिएको थियो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार ढुङ्गा खसिरहेकाले पहिरो पन्छाउन समय लागेको हो । सोमबार राति १० बजेदेखि पहिरो पन्छाउन थालिएको हो । अहिले तीन लोडर र एउटा एक्साभेटरले पहिरो पन्छाउने काम गरिरहेका छन् । पौडेलले भने, “थप समस्या नभएमा अपराह्न ३ बजेसम्ममा पहिरो पन्छाउन सकिन्छ ।” पाँच÷सात मिनेटको फरकमा ढुङ्गा खसिरहेकाले पूर्णरुपमा काम गर्न नसकिएको उनको भनाइ छ ।

पौडेलका अनुसार सात हजार घनमिटर हाराहारी पहिरो खसेको अनुमान छ । करिब ६०–७० मिटर माथिबाट पहिरो झरेको हो । सोमबारदेखि नै सवारी साधनहरु रोकिएकाले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।


प्रकाशित मिति: ५ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?