Trending
>>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ?
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा


हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा प्रधानमन्त्रको नयाँ उम्मेद्वार तोकेर जाने मात्रै आफूहरुको माग रहेको बताउनुभएको छ ।

बुधवार नेपाली काँग्रेसको विशेष महाधिवेशमा सम्वोधन गर्दै उहाँले आफूलाई प्रधानमन्त्री पद नचाहिएको पनि बताउनु भयो । उहाँले विशेष महाधिवेशनपछि काँग्रेस सुधारिएर आएको म्यासेज जनतामा दिनुपर्ने भन्ने आफूहरुको मागलाई वेवस्ता गरिएको बताउनु भयो । उहाँले सभापति शेरबहादुर देउवा बाहेक अरु जसलाई प्रधानमन्त्रीको उम्मेद्वार तोक्दा पनि आफूहरुलाई मान्य हुने बताउनु भयो । उहाँल आफूहरु अरु सबै विकल्पमा खुला भएको भएपनि विभिन्न किसिमका हल्ला फैलाईएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस पार्टीले यो चुनावमा प्रधानमन्त्रीको उम्मेद्वार गगन थापालाई भनेको होइन, जसलाई बनाउने हो बनाउँनुस्, तर नेपाली काँग्रेसले अब चुनावमा जाँदैगर्दा यति त भनेर जाउँ हाम्रो प्रधानमन्त्रीको उम्मेद्वार श्री शेरबहादुर देउवा होइन भनेर त जाँउ । अरु जसलाई बनाएपनि हुन्छ । त्यो अपमान गरेर भनेको होइन । हाम्रो दाई हो, नेता हो अपमान गरेर भनेको होइन । अहिले पनि होईन, मनमा केही द्वेश राखेर भनेको होइन । तर देश र जनताको अगाडी आज भन्नुपर्ने बाध्यता छ । यसकारणले गर्दा कहिले सिग्नेचरको कुरा आएको छ, कहिले के को कुरा आएको छ । यी केही पनि होइन । केवल यति मात्रै कुरा हो की हामी अब विशेष महाधिवेशन पछाडी हामी नेपाली कांग्रेस बदलिएर आयो भन्न पाउने कि नपाउने ? प्रधानमन्त्री कसलाई बनाउन छ, बनाउनुस्, यही विशेष महाधिवेशनको हलबाट अन्तरिम सभापति कसरलाई बनाउनुहुन्छ बनाउनुस् । हामी सबै विकल्पको लागि खुला । अझ हामीले आज त के भन्यौँ भने सामुहिक नेतृत्व छान्नुपर्छ भने त्यो पनि छानौँ ।’

उहाँले सहमतिको नाममा आफूहरुलाई अल्मल्याउने काम मात्रै भएको बताउनु भयो । विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका सार्न लगाएर सहमतिको नाममा समय बिताउने मात्रै काम गरिएको उहाँको गुनासो छ ।


प्रकाशित मिति: १ माघ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?