Trending
>>   पाकिस्तानमा अमेरिका–विरोधी प्रदर्शनमा २० को मृत्यु, १०० भन्दा बढी घाइते >>   मिचिएको भूमि फिर्ता र नयाँ नक्शाः राष्ट्रिय स्वाभिमानको नयाँ उचाईः ओली >>   होलीः सडकमा पोखिएको इन्द्रेणी >>   ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले मतदान गर्न लाइन बस्नुपर्दैनः आयुक्त तुलाधर >>   निर्वाचन देश जलाउने र बनाउने बीचको जनमत सङ्ग्रहः ओली >>   दक्षिण भारतमा पटाका कारखानामा विस्फोटः २१ जनाको मृत्यु >>   जनता अब बाठो भइसके, भ्रम फैलाउनेलाई होइन, विकास गर्नेलाई रोज्छन्ः अध्यक्ष ओली >>   होली मनाउन शुरु, वसन्तपुर चीर पूजा गर्नेको भीड >>   काभ्रेपलाञ्चोकको निर्वाचन सुरक्षा कडा पारियो, ८८ मतदानस्थल संवेदनशील र २३ अतिसंवेदनशील सूचीमा >>   पक्राउ परे दुर्गा प्रसाईं
Logo
१८ फाल्गुन २०८२, सोमबार
१८ फाल्गुन २०८२, सोमबार

निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल


निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनको प्रचारलाई जनताको घरदैलो अभियानमा केन्द्रित गर्ने बताउनुभएको छ ।

ठूल्ठूला सभा गर्ने पूराना प्रचलन भईसकेको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई प्रत्यक्ष रुपमा जनतासँग भेट हुनेगरी घरदैलो अभियानलाई तीव्रता दिने बताउनुभएको हो । सुमन सायमी नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर)सँगको समायोजन कार्यक्रममा बोल्दै उहाँले युवा पुस्तालाई निर्वाचनमा आफ्नो पार्टीप्रति आर्कर्षित गराउनका लागि सुचना प्रविधिको प्रयोगमा पनि जोड दिने नीति पार्टीले लिने बताउनु भयो । संयोजक दाहालले विगतमा गरेर गल्ती नदोहो¥याउने बाचासहित पार्टीको निर्वाचन प्रचारमा जुटन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नुभयो । त्यस अवसरमा उहाँले काठमाडौं उपत्यकाको सबै निर्वाचन क्षेत्रमा आफ्नो पार्टी विजयी हुने दाबी समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अब हामी अहिलेको जमाना अनुसार चुनाव आउँदैछ, ठूल्ठूला सभा गर्नेतिर भन्दा अब घरघर, टोलटोलमा जनतासँग प्रत्यक्ष भेटघाट गरेर हाम्रा संकल्पहरु हाम्रा एजेण्डाहरु उनीहरुलाई बुझाउने कुरा महत्वपूर्ण छ । ठूला सभा गरेर भोट धेरै आउने भन्ने जमाना धेरै पुराना भइसक्यो अब । हामीले सात वटै प्रदेशमा अपिल त गरिसक्यौ । अव जनताको घरघरमा गएर टोलटोलमा गएर उनीहरुलाई हाम्रा एजेण्डा यी हुन, हामी पुराना गल्तीबाट सिकेर नदोहो¥याउने गरी चाहेका छौँ । र यो देशको नेतृत्व लिन चाहेका छौँ भनेर जनतालाई बुझाउन जरुरी छ ।’

संयोजक दाहालले काठमाडौंको समस्या बुझेका सायमीलगायतका नेताहरु आफ्नो पार्टीमा आएकाले पनि काठमाडौं उपत्यकाका सबै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले विजयी हुने अवस्था आएको तर्क समेत गर्नुभयो ।


प्रकाशित मिति: १ माघ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?