Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन


विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा पौडेल–घिमिरे चयन

काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशनले प्रदीप पौडेल र गुरुराज घिमिरेलाई पार्टी महामन्त्री पदमा चयन गरेको छ। आइतबारदेखि काठमाडौँमा सुरु भएको विशेष महाधिवेशनले बुधबार दुवै नेतालाई सर्वसम्मत रूपमा महामन्त्रीको जिम्मेवारी सुम्पिएको हो।

महामन्त्री पदका लागि आज बिहान उम्मेदवारी दर्ता खुला हुँदा पौडेल र घिमिरे बाहेक अन्य कुनै उम्मेदवार नपरेपछि उनीहरू निर्विरोध चयन भएका हुन्। पार्टी संगठन सञ्चालन र भावी कार्यदिशा तय गर्ने महत्त्वपूर्ण भूमिकामा अब दुवै नेताले नेतृत्व गर्नेछन्।

पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको औपचारिक मागपछि विशेष महाधिवेशन आह्वान गरिएको थियो। आन्तरिक एकता सुदृढ गर्ने र नेतृत्व संरचना स्पष्ट पार्ने उद्देश्यका साथ आयोजना गरिएको महाधिवेशनले नेतृत्व चयनको प्रक्रिया सहज रूपमा टुंग्याएको कांग्रेसले जनाएको छ।

नेतृत्व चयनसँगै कांग्रेसभित्र संगठन सुदृढीकरण, नीति निर्माण र आगामी राजनीतिक कार्ययोजनामा नयाँ गति आउने अपेक्षा गरिएको छ।


प्रकाशित मिति: १ माघ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?