Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

अफगानिस्तानले विश्वविद्यालयमा महिला विद्यार्थीहरूका लागि शिक्षा योजना बनाइरहेको छ : मन्त्रालय


५ भदाै, एजेन्सी । अफगानिस्तानको उच्च शिक्षा मन्त्रालयले महिला विद्यार्थीहरूका लागि विश्वविद्यालयहरू पुनः खोल्ने योजनामा काम गरिरहेको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन्।

मन्त्रालयको समितिले मन्त्रालयको वार्षिक प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा सो बारे जानकारी दिएको स्थानीय टोलो न्युज टिभीले उल्लेख गरेको छ।

सञ्चारमाध्यमले उच्च शिक्षाका कार्यवाहक उपमन्त्री लुत्फुल्लाह खैरख्वालाई उद्धृत गर्दै योजनाको अन्तिम समय अझै स्पष्ट नभएको बताएको छ ।

अफगानिस्तानका विश्वविद्यालयहरूमा अहिलेसम्म महिलाहरूलाई प्रतिबन्ध लगाइएको छ। उच्च शिक्षा मन्त्रालयले डिसेम्बर २०२२ मा महिला शिक्षामा प्रतिबन्धको घोषणा गरेको थियो ।


प्रकाशित मिति: ५ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?