Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

१३ कलेजो सफल प्रत्यारोपण, एक हजार बढीको मिर्गौला प्रत्यारोपण


५ भदाै, भक्तपुर । नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण सुरु गरेको भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १३ जनामा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको छ ।

नेपालमै पहिलो पटक २०७२ मङ्सिर २२ गतेदेखि कलेजो प्रत्यारोपण सुरु गरेको केन्द्रले यसै सातासम्म आइपुग्दा १३ जनाको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।

उनले भने, “२०७२ मङ्सिर २२ गतेदेखि हामीले केन्द्रमा नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण सुरु गरेका थियौँ, २०७९ को अन्तिमसम्म १० जनामा कलेजो प्रत्यारोपण गरेका थियौँ, केन्द्रले विसं २०८० मा तीन जनाको सफल कलेजो प्रत्यारोपण गर्न सफल भएको छ, यही साउन ३२ गते र भदौ २ गते दुईवटा कलेजो प्रत्यारोपण गर्न सफल भएका छौँ ।”

विश्वमै सबैभन्दा जटिल शल्यक्रिया मानिने कलेजो प्रत्यारोपण नेपालमै केन्द्रले न्यून शुल्क अर्थात् रु १५ लाखमै कलेजो प्रत्यारोपण हुँदा विदेशिने करोडौँ रुपैयाँसमेत जोगिएको र कलेजो प्रत्यारोपण सहज भएको उनले बताए । नेपालमा कलेजो प्रत्यारोपण सुरु गर्दा विदेशी विशेषज्ञ चिकित्सकको टोलीको नेतृत्वमा नेपालका चिकित्सकसहितको संलग्नतामा भएकोमा पछिल्लो समयमा नेपालकै चिकित्सकको दक्षता बृद्धि गरी स्वदेशकै चिकित्सकबाट कलेजो प्रत्यारोपण सेवा निरन्तर गरिरहेको उनले बताए ।

डा श्रेष्ठले भने, “नेपालकै चिकित्सकको दक्षतामा थप वृद्धि गरी स्वदेशी चिकित्सकबाटै कलेजो प्रत्यारोपण गर्न सक्ने अवस्थामा पुगेका छौँ, यसअघि हुने प्रत्यारोपणमा भारत, कोरिया लगायतका देशबाट विज्ञ टिम आएर कलेजो प्रत्यारोपण गर्ने गरेकोमा यसपटक एक जना मात्र विशेषज्ञ चिकित्सकको सहयोगले केन्द्रमा सफलतापूर्वक आफ्नै जनशक्तिबाट एक सातामा दुई कलेजो प्रत्यारोपण गर्न सफल भयौँ ।”

केन्द्रका कार्यकारी निर्देशक एवं प्रत्यारोपणबिज्ञ डा श्रेष्ठको नेतृत्वमा कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा शिल्भाकुमार नागानाथनसहित नेपाली विज्ञ चिकित्सकसहितको टोलीले शल्यक्रिया गरेका थिए । उनका अनुसार केन्द्रमा साउन ३२ गते बिहीबार सल्यानका ५२ वर्षीय कृष्णबहादुर केसीको कलेजो प्रत्यारोपण गरिएको थियो । उनलाई आफ्नै छोरा २३ वर्षीया किरण केसीले कलेजो दान गर्नुभएको थियो । यही भदौ २ गते शनिबार ५७ वर्षीय कुमार राईलाई उहाँकी २१ वर्षीया छोरी प्रतिक्षा राईले कलेजो दान गरेका थिए ।

केन्द्रमा हाल कलेजो प्रत्यारोपित र अङ्ग दाता दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए । दुवै कलेजो प्रत्यारोपणमा सर्जन डा। रोशन घिमिरे, डा सपना बर्मा, डा रामबाबु साह, डा ललितकुमार दास, कलेजो फिजिसियन डा कर्ण राजवंशी, एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा आरती राई, डा निभा श्रेष्ठ, डा शोभित थापा, डा रेखा श्रेष्ठ, डा रस्मित श्रेष्ठ, डा शिवसुन्दर जचल, रेडियोलोजी विभागका डा कृष्ण बुढाथोकी, डा समिर दवाडी, डा विवेक नेपाल, डा जस्मिन जोशी, नर्सिङ टोलीको सहभागिता रहेको थियो ।

केन्द्रका निर्देशक डा श्रेष्ठले केन्द्र स्थापनाको ११ वर्षको अवधिमा एक हजार एक सय जनाको सफल मिर्गौला प्रत्यारोपण गरेको जानकारी दिँदै केन्द्रले विसं २०७४ वैशाख २८ गतेदेखि पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्गबाट प्रत्यारोपण सुरु गरेको थियो । अहिलेसम्म पाँच जना मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्ग प्राप्त गरी १३ जनामा प्रत्यारोपण गरेको उनले जानकारी दिए ।

अङ्ग प्रत्यारोपणको लागि अङ्गदान अत्यावश्यक रहेको भए पनि जनचेतनाको कमीले प्रत्यारोपणसम्बन्धी उपयुुक्त कानुन बने पनि कार्यान्वयन पक्षमा उल्लेख्य प्रगति हुन नसकेको उनको गुनासो छ । शव गाडेर खेर जाने वा जलेर खरानी हुने मानव अङ्ग दान दिने परम्पराको विकास गर्नसके एक जना मस्तिष्क मृत्यु भएको व्यक्तिबाट दुई मिर्गौला, दुई फोक्सो, एक वटा कलेजो, एक मुुटु, एक प्याङ्क्रियाज, एक सानो आन्द्रालगायतका आठ वटा अङ्ग दान गरी थप जनाको ज्यान बचाउन सकिने कार्यकारी निर्देशक डा श्रेष्ठले बताए ।

मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्गदान गर्ने परम्पराको विकास भए नेपाल अङ्ग प्रत्यारोपणमा आत्मनिर्भर हुनसक्ने र करोडौँको रकम विदेशिनबाट जोगिने तथा धेरैको ज्यान बचाउन सकिने बताए । केन्द्रले सरकारको सहयोगमा डायलाइसिस सेवा विस्तार गर्न देशको सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने तयारी गरेको छ ।

गण्डकी प्रदेशका साथै कर्णाली प्रदेशअन्तर्गतको सुर्खेत प्रादेशिक अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु भइसकेको जानकारी दिँदै उनले सेती प्रादेशिक अस्पताल धनगढी, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेटौँडा अस्पताल र कोशी प्रदेशको कोशी अस्पताल विराटनगर हुँदै देशको सातै प्रदेशमा प्रत्यारोपण कार्यको तयारी भइ सकेको बताए ।


प्रकाशित मिति: ५ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?