Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण


लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारद्वारा अपांगता भएका व्यक्तिहरू र बालबालिकालाई सेवा तथा सहयोग

काठमाडौं। लायन्स अन्तर्राष्ट्रियले जनवरी ३ देखि जनवरी ११ तारिखसम्म सञ्चालन गर्न आव्हान गरेको “वीक अफ सर्भिस, हंगर” अभियानअन्तर्गत लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारले २०८२ साल पौष २७ गते (जनवरी ११) विशेष सेवा कार्यक्रम सम्पन्न गरेको छ।

बालाजुस्थित अपांग सरोकार केन्द्रमा आयोजित कार्यक्रममा ४० जना अपांगता भएका व्यक्तिहरूलाई भोजन गराइएको थियो भने विद्यालय जाने ९ जना बालबालिकालाई स्कुल ब्याग तथा आवश्यक स्टेशनरी सामग्री वितरण गरिएको थियो।

क्लब अध्यक्ष लायन सरोजकुमार ढकालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम लायन्स इन्टरनेसनल ३२५ एम का डिष्ट्रिक्ट गभर्नर पी.एम.जे.एफ. लायन धनिराम बराल तथा फस्ट लेडीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा विशेष अतिथिका रूपमा भि.डि.जि. लायन रत्न पराजुली, चिफ अफ प्रोटोकल लायन माधव पाण्डे, पी.आर.ओ. इन–चिफ लायन गीता शर्मा चापागाईंको उपस्थिति रहेको थियो। त्यस्तै अतिथिहरूमा क्लस्टर चिफ एम.जे.एफ. लायन दीपक आचार्य, डिष्ट्रिक्ट चिफ रामशरण ढकाल, डिष्ट्रिक्ट चिफ कृष्णप्रसाद रेग्मी, जी.ए.टी. कोअर्डिनेटर गोमा लामा, जोन चेयरपर्सन एम.जे.एफ. लायन रजिता खड्का सहभागी थिए।

क्लबका पदाधिकारीहरू द्वितीय उपाध्यक्ष लायन पविता पौडेल, कोषाध्यक्ष लायन काइला डंगोलसहित क्लबका सदस्यहरू, लियो डिष्ट्रिक्ट प्रेसिडेन्ट लियो प्रवेशकुमार कार्की, सी.आर.सी. लियो स्नेहा ढकाललगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन क्लबका सचिव लायन कृष्ण विश्वकर्माले गर्नुभएको थियो। लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारले सामाजिक सेवाप्रति आफ्नो प्रतिबद्धता निरन्तर कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।


प्रकाशित मिति: २९ पुष २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?