Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल


पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी कुनै नेता विशेषको प्रचार गर्न नहुने बताउनुभएको छ ।

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर)सँगको समायोजन कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । पार्टीले सामूहिकतामा विश्वास गर्ने भएकाले पनि व्यक्तिको प्रचारमा जोड दिन नहुने उहाँको तर्क थियो । सहसंयोजक नेपालले पार्टीका नेताहरुले गरेका राम्रा कामको प्रचार र नराम्रा कामको जिम्मेवारी लिने परिपाटी पनि स्थापित गरेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले एमालेप्रति लक्षित गर्दै व्यक्तिको प्रशंशा गर्दा पार्टीको हालत कमजोर हँदै गएको जिकिर गर्नुभयो । सहसंयोजक नेपालले पार्टीलाई जनताको आशा र भरोसाको केन्द्र बनाउने चुनौति रहेको उल्लेख गर्दै त्यसलाई सामना गरेर अघि बढने गरी अघि बढनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘पार्टीमा राम्रो कामको प्रचार गर्नुपर्छ । कमजोरी भए जिम्मा लिनुपर्छ । कमजोरी भएका छन भने त्यसको जिम्मा लिनुपर्छ । यसको अर्थ यो होइन कुनै नेता विशेषको प्रचार । यो पार्टीको प्रचार हो । यो पार्टी सामुहिकतामा विश्वास गर्दछ । त्यसो हुनाले हामी विभिन्न पार्टीको हालत देखिरहेका छौ । त्यसबाट हामीले सिक्नुपर्ने आवश्यक्ता पनि छ । विगतका एकताको प्रक्रियाबाट पनि हामीले सिक्नुपर्ने हुन्छ । जतिजति व्यक्ति, समूह, घटकहरु प्रवेश गर्दै जाने स्थिति बन्छ । त्यत्तिकै मात्रामा प्रशिक्षणको पनि आवश्यक्ता पर्दछ । प्रशिक्षण दिईसकेपछि एकरुपले अघि बढने स्थिति बन्छ । म यति भन्न चाहन्छु–नेपाली जनताको आशा, भरोसाको केन्द्र यस पार्टीलाई बनाउने कुरा पनि आगामी दिनमा चुनौतिपूर्ण छ ।’

सहसंयोजक नेपालले पार्टीमा प्रवेश गरेका विभिन्न घटकहरुलाई एकतावद्ध गरेर लैजानका लागि प्रशिक्षणलगायतका कार्यक्रमलाई जोड दिनुपर्ने समेत बताउनु भयो ।


प्रकाशित मिति: १ माघ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?