Trending
>>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन हुन्छ: प्रधानमन्त्री प्रचण्ड


५ भदाै, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन गरिने जानकारी दिएका छन्। उनले भने, “यसका लागि वन ऐन संशोधनका क्रममा रहेको छ, यसले मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन गर्नेमा मैले विश्वास लिएको छु ।”

चितवन र मकवानपुर जिल्लाका चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले सो जानकारी दिएका हुन् । सो प्रतिनिधिमण्डलमा दुई जिल्लाका मध्यवर्ती क्षेत्रका जनप्रतिनिधि तथा बासिन्दासहित नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रकुमार बाँनिया थिए ।

सो प्रतिनिधिमण्डलले निकुञ्ज क्षेत्रबाट निस्केका वन्यजन्तुले मध्यवर्तीवासीलाई दुःख दिएको, निकुञ्ज क्षेत्रका नदीजन्य पदार्थ प्रयोगमा समस्या भएको, जग्गा नापजाँचमा समस्या भएको जस्ता समस्या सम्बोधन गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेको थियो ।

प्रधानमन्त्री प्रचण्डले भने, “चितवन राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्रका जनताको समस्या सम्बोधन हुन्छ । तत्काल वन तथा वातावरण तथा भूमिसुधार मन्त्रालय, मुख्यसचिव, सचिवसहितको छलफल राख्छु । छफलबाट समस्या सम्बोधन हुनेमा म विश्वस्त छु ।”


प्रकाशित मिति: ५ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?