Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

दुखद् क्षण – छोरीले देशलाई विश्वकप जिताइन्, बुबाले संसार छोडे !


५ भदाै, एजेन्सी । स्पेनलाई उपाधि सुम्पिँदै नवौं फिफा महिला विश्वकप फुटबलको मैजारो भएको छ । आइतबार अस्ट्रेलियाको सिड्नीस्थित ओलम्पिक रङ्गशालामा भएको फाइनल खेलमा स्पेनले बलियो इङ्ल्यान्डलाई १–० गोलले हराउँदै उपाधि जितेको हो ।

स्पेनलाई उपाधि जिताउन २३ वर्षीया ओल्गा कार्मोनाले २९औं मिनेटमा गोल गरेकी थिइन् । टोलीको कप्तानसमेत रहेकी ओल्गाको निर्णायक गोलले स्पेन पहिलो पटक विश्वकप च्याम्पियन बन्दा मैदानमा उनको खुशीको सीमा थिएन ।

तर, गोल र उपाधिले सिङ्गो विश्वलाई चकित बनाउनुभएकी ओल्गाको खुशी निमेषभरमै सकियो । स्पेनले महिला विश्वकप फुटबलको उपाधि चुमेपछि ओल्गालाई दु:खद समाचार सुनाइयो । जुन समाचार उनको पिताको निधनको थियो ।

ओल्गाका पिता जोस भर्डास्को लामो समयदेखि बिरामी थिए । जोसको मृत्यु विश्वकप फाइनलको तीन दिनअघि अर्थात् शुक्रबार नै भएको थियो । तर पिताको मृत्युको खबर ओल्गालाई सुनाइएको थिएन ।

स्पेनले पहिलो पटक विश्वकप चुमेपछि मात्र ओल्गालाई पिता जोसको निधनको अप्रिय खबर सुनाइयो । अनि उनको खुसी एक्कासि दुःखमा परिणत भयो । केही समयअघि टोलीका साथीसँग खुसियाली मनाउन व्यस्त ओल्गा तत्काल आँसुको भेलमा रहिन् ।

स्पेनिस टोलीको व्यवस्थापनले पिताको निधनको खबर ओल्गालाई सुनाउँदा खेल बिग्रने ठानेर परिवारको सहमतिमै उालाई पिताको खबर बारे जानकारी नदिइएको बताइएको छ ।

‘‘खुशीको क्षणमा एक्कासि पिताको मृत्युको खबरले मलाई स्तब्ध बनाएको छ । मैले तीन दिनपछि थाहा पाएँ । खबरले मलाई सम्हाल्न गाह्रो भयो । मलाई लाग्छ पिताकै आशीर्वादले मैले गोल गर्न सकेकी हुँ । मलाई थाहा छ तपाईंले मेरो खेल हेरिरहनुभएको थियो । मलाई विश्वास छ तपाईंले गौरव पनि महसुस गरिरहनुभएको छ,’’ ओल्गाले भनेकी छन् ।

ओल्गा स्पेनिस क्लब रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्नुहुन्छ । ओल्गाको बुबाको निधनप्रति स्पेनिस फुटबल महासङ्घ र सरकारले गहिराे दु:ख व्यक्त गरेको छ । फुटबल महासङ्घले ओल्गाले स्पेनिस फुटबललाई लगाएको गुन कहिल्यै तिर्न नसक्ने समेत उल्लेख गरेको छ ।


प्रकाशित मिति: ५ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?