काठमाडौं । सर्वोच्च अदालतले फणिन्द्र देवकोटालाई गण्डकी प्रदेशसभा सदस्यका रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको छ । सोमबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले देवकोटालाई माओवादी केन्द्रले गरेको कारबाही कार्यान्वयन नगर्न र सांसदको रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको हो ।
माेहन राज पाण्डे, काठमाडौं । काठमाडौं महानगरपालिकाले 'म्युरल आर्ट' गरी सार्वजनिक स्थानका भित्ता रंगाउन थालेको छ। आकर्षक रैथाने कला संस्कृति झल्काउने चित्र कोरेर रंगाउन थालेसँगै त्यहाँ तस्बिर खिच्नेको भीड समेत लाग्न थालेको छ। महानगरले ललित कला प्रज्ञा प्रतिष्ठानसँग ५० लाखमा सम्झौता गरी सार्वजनिक पर्खालका भित्ता रंगाउन थालेको हो।
२०८१ असार १० गतेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरुः १. नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएकोमा प्रचलित कानुन बमोजिम निज स्वतः निलम्बन हुनुभएको छ । हाललाई राष्ट्रिय योजना आयोगमा रा.प. विशिष्ठ श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी निजलाई उक्त पदमा
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवासम्बन्धी कार्यलाइ आइतबार एक सूचना जारी गरी अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरेको जानकारी दिएको छ । पहुँच र भनसुनका आधारमा मनमौजी सरुवा हुँदा प्रशासनिक काम कारवाहीसमेत प्रभावित हुँदै आएको भन्दै आलोचना भइरहेको थियो । [pdf-embedder url="https://accuratekhabar.com/wp-content/uploads/2024/06/Notices-20240623232320847.pdf"]
काठमाडौं । नेपाल प्रहरीको बढुवा समितिको आज बसेको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा पोषराज पोखरेल सिफारिस भएका छन् । उनी प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा दरबन्दी रही काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत छन् । उनी दुइ दिन मात्र एआईजी हुनेछन् ।
काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बोलाइएको छ । बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ । यसैगरी ,बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकहरुमा मन्त्रालयगत छलफलमा उठेको
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा
काठमाडाैं ।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ साथै बाँकी भू-भागमा स्थानीय वायु आंशिक प्रभाव रहेको छ। अहिले कोशी, मधेश,बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही
काठमाडौं । सिराहा, कल्याणपुर नगरपालिका-३ ईटारी प्रसाहीस्थित कमला बाँध नहरको डिलमा कल्याणपुर नगरपालिका-५ निर्धना बस्ने ४० वर्षीय प्रेम मुखिया आइतबार मृत अवस्थामा फेला परेका छन् ।बाँके, जानकी गाउँपालिका-४ सानो खजुरास्थित खाली खेतमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । सुनसरी, बराहक्षेत्र
काठमाडौं । उदयपुर, बेलका नगरपालिका-५ घुम्नेस्थित सडकमा सुपाडेबाट चतारातर्फ जाँदै गरेको अनटेस्ट मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-५ लालिगुराँस टोल बस्ने ८० वर्षीया मायासरी राईको आइतबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको बिपि स्वास्थ्य विज्ञान प्रतिष्ठान धोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले