Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ आजको कार्यसूची


काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बोलाइएको छ । बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।

यसैगरी ,बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकहरुमा मन्त्रालयगत छलफलमा उठेको प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिने यसैगरी ,आज स्वास्थ्य तथा जनसंख्या मन्त्रीले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्बन्धमा सांसदहरुले सोधेको स्पष्टीकरणको जवाफ दिने तयारी रहेको छ ।

बैठकमा अर्थमन्त्री वर्षमान पुनले आइतबार सदनमा पेस भएको विभिन्न चार विधेयकलाई पारित गरियोस् भनि सदनमा प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।

यस्तै,बजेटका सम्बन्धमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थ, गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथि छलफलमा उठेका प्रश्नहरुको विभागीय मन्त्रीहरूले जवाफ दिनेछन् ।

यस्तै, सांसदहरुले बजेट अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकहरुमा खर्च कटौतीको प्रस्ताव गर्ने छन् ।

1cnblc8eq4vukwsw

 


प्रकाशित मिति: १० असार २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?