काठमाडौं । सिराहा, कल्याणपुर नगरपालिका-३ ईटारी प्रसाहीस्थित कमला बाँध नहरको डिलमा कल्याणपुर नगरपालिका-५ निर्धना बस्ने ४० वर्षीय प्रेम मुखिया आइतबार मृत अवस्थामा फेला परेका छन् ।बाँके, जानकी गाउँपालिका-४ सानो खजुरास्थित खाली खेतमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
सुनसरी, बराहक्षेत्र नगरपालिका-१ बराहाक्षेत्र मन्दिरस्थित कोशी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: ९ असार २०८१, आईतवार