Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

सवारी दुर्घटनामा दुईको मृत्यु


काठमाडौं । उदयपुर, बेलका नगरपालिका-५ घुम्नेस्थित सडकमा सुपाडेबाट चतारातर्फ जाँदै गरेको अनटेस्ट मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-५ लालिगुराँस टोल बस्ने ८० वर्षीया मायासरी राईको आइतबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको बिपि स्वास्थ्य विज्ञान प्रतिष्ठान धोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्याङ्जा, वालिङ नगरपालिका-८ मिर्दीस्थित सडकमा बुटवलबाट पोखरा तर्फ जाँदै गरेको ग.१ ख ६२३७ नम्बरको बसको ठक्करबाट विरूवा गाउँपालिका-६ चिन्नेबास बस्ने ८२ वर्षीय दुर्गा बहादुर थापाको आइतबार दिउँसो मृत्यु भएको छ । उक्त बसबाट झरी बाटो काट्ने क्रममा सोही बसले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: ९ असार २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?