३० ,मङ्सिर ,भक्तपुर । टिपरको ठक्करबाट मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित जनक शिक्षा सामग्री केन्द्र अगाडि स्कुटर चालकको मृत्यु भएको छ । बहाखा बजारबाट सानोथिमितर्फ जाँदै गरेको बा९२प ५५३१ नम्बरको स्कुटरलाई आज विपरीत दिशाबाट आउँदै गरेको बा४ख २३४७ नम्बरको टिपरले ठक्कर दिँदा स्कुटर चालक काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० घर भई हाल मध्यपुरथिमि–३ गठ्ठाघर
३० ,मङ्सिर ,काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल)को सहयोगमा ठगी गरेको आरोपमा युएईबाट एक आरोपीलाई पक्राउ गरेर नेपाल ल्याएको छ । सर्लाही साविक जानकीनगर गाविस–७ का कोमलराज उपाध्यायलाई पक्राउ गरेर नेपाल ल्याइएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी
३० ,मङ्सिर ,पाँचथर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ मा हुने निर्वाचनबाट एमालेले एकल बहुमत पुर्याएर सरकार सञ्चालन गर्ने दाबी गरेका छन् । पाँचथरको फिदिममा झुलाघाट चिवाभन्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा, २०८० को बहृत् जनसभालाई आज सम्बोधन गर्दै उनले उक्त दाबी गरेका हुन् । अध्यक्ष ओलीले अब
३० ,मङ्सिर ,काठमाडौँ । मध्यपश्चिमाञ्चल साहित्य परिषद्ले विभिन्न विधाका वरिष्ठ साहित्यकारहरूलाई सम्मान गरेको छ । संस्थाको आज यहाँ आयोजित सातौँ साधारणसभामा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रष्टाहरूलाई सम्मान प्रदान गरिन् । कार्यक्रममा मध्यपश्चिम स्रष्टा सम्मान २०८० वरिष्ठ कवि एवं निबन्धकार हरिहर अधिकारी ‘श्यामल’ लाई प्रदान गरिएको छ । उनि
३० ,मङ्सिर ,गण्डकी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरूले चुनावको नभई देशको चिन्ता गर्नुपर्ने बताएका छन् । कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ बागलुङको क्षेत्रीय सम्मेलनमा बोल्दै उहाँले देशलाई समुन्नतिको यात्रामा अगाडि बढाउनुपर्ने आजको आवश्यता रहेको औँल्याए । “कतिपय दलहरूले अहिले मिसन ८४ भनेर अभियान चलाइरहनुभएको छ,
३० ,मङ्सिर ,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको संस्कार, संस्कृति र परम्पराको जगेर्नामा नयाँ पुस्ता सक्रिय हुनुपर्ने बताएकि छिन् । आज यहाँ आयोजित मध्यपश्चिमाञ्चल साहित्य परिषद्को सातौँ साधारणसभामा मन्त्री शर्माले युवाको सक्रियताबाटै मुलुकमा राजनीतिक व्यवस्था परिवर्तन सम्भव भएको प्रसङ्ग उल्लेख गर्दै समाजका विकृति, विसङ्गति अन्त्य र संस्कृति
३० ,मङ्सिर ,काठमाडौँ । त्रिपुरा क्रिकेट क्लब बैतडीमा जारी बिडिसिए कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा त्रिपुराले पाटन क्रिकेट क्लबलाई सात रनले पराजित गर्दै सेमिफाइनल पुगेको हो । दशरथचन्द क्रिकेट मैदानमा भएको उक्त खेलमा त्रिपुराले ३० दशमलव तीन ओभरमा सवै विकेट गुमाउँदै पाटनसामु जितका लागि
काठमाडौं। नेकपा एमालेकी नेतृ एवं सांसद भगवती चौधरीले थारु समुदायको बृहत्तर हक अधिकार र उत्थानका लागि देशभरका थारु समुदाय एकजुट हुनुपर्ने बताएकी छन् । थारु कल्याणकारी सभाले समस्त थारु समुदायको वकालत गर्न र सक्षम नेतृत्व बनाउन लाग्नु पर्नुपर्ने बताउँदै चौधरीले पुरानो संस्था भए पनि कमजोर रहेकोमा चिन्ता व्यक्त गरिन्। उनले
काठमाडौं । सर्वोच्च अदालतले अभिनेता पल शाह विरुद्धको मुद्दा दोहोर्याएर हेर्न अनुमति दिएको छ । उच्च अदालत पोखराले प्रमाणहरूको समुचित मूल्यांकन नगरी फैसला गरेको भन्दै न्याधीशद्वय शुष्मालता माथेमा र हरिप्रसाद फुयालको यही मंसिर २२ गतेको संयुक्त इजलासले शाहविरुद्धको फैसला दोहोर्याएर हेर्न अनुमति प्रदान गरेको हो । पीडितको बकपत्र र प्रतिवादीको
काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक आइतबारदेखि काठमाडौँमा सुरु हुने भएको छ । बैठक राजधानीको धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बिहान ८ बजेदेखि सुरु हुनेछ। आउँदो पुस ३ गतेसम्म जारी रहने उक्त बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा ‘ब्रिफिङ’ गर्ने