Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

त्रिपुरा क्रिकेट क्लब सेमिफाइनलमा


३० ,मङ्सिर ,काठमाडौँ । त्रिपुरा क्रिकेट क्लब बैतडीमा जारी बिडिसिए कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा त्रिपुराले पाटन क्रिकेट क्लबलाई सात रनले पराजित गर्दै सेमिफाइनल पुगेको हो ।

दशरथचन्द क्रिकेट मैदानमा भएको उक्त खेलमा त्रिपुराले ३० दशमलव तीन ओभरमा सवै विकेट गुमाउँदै पाटनसामु जितका लागि एक सय ९५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । त्रिपुराका लागि लोकेन्द्र थापाले ५० रन बनाए ।

जवाफी ब्याटिङमा उत्रेको पाटनले ३३ दशमलव एक ओभरमा सवै विकेट गुमाएर एक सय ८८ रन मात्र बनाउन सक्यो । पाटनका लागि मधुर विष्टले ५० रन बनाए ।

चार विकेट लिनुभएका त्रिपुराका जयसिंह धामी म्यान अफ दी म्याच घोषित भए । उनलाई सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले पुरस्कार प्रदान गर्नुभयो । उहाँले प्रदेश सरकारले खेलकुदलाई प्राथमिकतामा राखेको बताए ।

बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा यही मङ्सिर १६ गतेदेखि सुरु भएको सो प्रतियोगिता आगामी पुस ४ गतेसम्म चल्ने छ । प्रतियोगिताको विजेतालाई रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेतालाई रु ३५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बैतडी जिल्ला क्रिकेट सङ्घले जनाएको छ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो ।


प्रकाशित मिति: ३० मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?