Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

पल शाहविरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न सर्वोच्चले दियो अनुमति


काठमाडौं । सर्वोच्च अदालतले अभिनेता पल शाह विरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न अनुमति दिएको छ ।

उच्च अदालत पोखराले प्रमाणहरूको समुचित मूल्यांकन नगरी फैसला गरेको भन्दै न्याधीशद्वय शुष्मालता माथेमा र हरिप्रसाद फुयालको यही मंसिर २२ गतेको संयुक्त इजलासले शाहविरुद्धको फैसला दोहोर्‍याएर हेर्न अनुमति प्रदान गरेको हो ।

पीडितको बकपत्र र प्रतिवादीको बयान तथा शारीरिक परीक्षण प्रतिवेदन तथा चिकित्सकको बकपत्र, पीडित र प्रतिवादीबीचको अडियो रेकर्ड र त्यसको प्रतिवादीबाट अदालतको बयानमा रहेको स्वीकारोक्तिलगायतका प्रमाणको समुचित मूल्यांकन नभएको सर्वोच्चले बताएको छ ।

जबरजस्तीकरणी मुद्दामा लामै समय पूर्पक्षका लागि थुनामा रहेका शाहलाई उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले सफाइ दिएको थियो ।

महान्यायाधिवक्ताको कार्यालयले भने उक्त फैसला दोहोर्याएर हेर्न पाउँ भनि दिएको निवदेनको सुनुवाइ गर्दै सर्वोच्चले अनुमति प्रदान गरेको हो ।

 


प्रकाशित मिति: ३० मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?