Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

ठगी आरोपितलाई युएईबाट पक्राउ गरेर नेपाल ल्याइयो


३० ,मङ्सिर ,काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल)को सहयोगमा ठगी गरेको आरोपमा युएईबाट एक आरोपीलाई पक्राउ गरेर नेपाल ल्याएको छ ।

सर्लाही साविक जानकीनगर गाविस–७ का कोमलराज उपाध्यायलाई पक्राउ गरेर नेपाल ल्याइएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार ठगी आरोपमा अदालतबाट निजविरुद्ध पक्राउ पूर्जी जारी भएकाले युएईमा पक्राउ गरेर सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ शुक्रबार नेपाल फिर्ता ल्याइएको हो ।

उनीविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरोमा ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउका लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट विसं २०७९ वैशाख २७ गते रेड नोटिस जारी भएको प्रवक्ता तथा प्रहरी उपरीक्षक अधिकारीले बताए ।

उनले भने, “सेक्युरिटीमा आकर्षक तलब र सुविधासहितको रोजगारी दिने प्रलोभन देखाई भिजिट भिसामार्फत दुबई बोलाएको तथा रोजगारीको लागि भन्दै आफूहरूबाट रकम लिएको तर बमोजिम रोजगारीमा नलगाई ठगी गरेको भन्दै ५१ जना पीडितले उनीविरुद्ध जाहेरी दिएका छन् ।”


प्रकाशित मिति: ३० मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?