Trending
>>   मन्त्री घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडक अनुगमन, दशैँअघि नै खाल्डा पुर्न निर्देशन >>   फागुन २१ मा जसरी पनि निर्वाचन सम्पन्न गराउनुछः सञ्चारमन्त्री खरेल >>   शिक्षा मन्त्रालय अन्तर्गतका विभागमा भइरहेको ढिलासुस्ति तत्काल अन्त्य गर्न मन्त्री पुनको निर्देशन >>   शहीद परिवारलाई रोजगारी दिन उद्योगीहरुलाई उद्योगमन्त्रीको आग्रह >>   मल अभावको समस्या हटाउने प्रयास गर्छुः कृषिमन्त्री परियार >>   विज्ञहरुको सुझावअनुसार काम गर्छुः शिक्षामन्त्री पुन >>   अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी, १ सय ३७ मुद्दा विशेष अदालतमा दायर >>   नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण (तस्बिरहरु) >>   दशैँ शुरुः राखियो जमरा >>   अमेरिकाको आपत्तिका बाबजुद बेलायतद्वारा प्यालेस्टाइन राज्यलाई मान्यता
Logo
७ आश्विन २०८२, मंगलवार
७ आश्विन २०८२, मंगलवार

दुर्घटनामा स्कुटर चालकको मृत्यु


३० ,मङ्सिर ,भक्तपुर । टिपरको ठक्करबाट मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित जनक शिक्षा सामग्री केन्द्र अगाडि स्कुटर चालकको मृत्यु भएको छ ।

बहाखा बजारबाट सानोथिमितर्फ जाँदै गरेको बा९२प ५५३१ नम्बरको स्कुटरलाई आज विपरीत दिशाबाट आउँदै गरेको बा४ख २३४७ नम्बरको टिपरले ठक्कर दिँदा स्कुटर चालक काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० घर भई हाल मध्यपुरथिमि–३ गठ्ठाघर बस्ने २३ वर्षीय विशाल मैनालीको मृत्यु भएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

प्रहरीले टिपर चालक धादिङ थाक्रे गाउँपालिका–७ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–८ सिपाडोल बस्ने ४२ वर्षीय सुरेश तामाङलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाएको उनले जानकारी दिए ।


प्रकाशित मिति: ३० मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?